बर्दियामा युवा छलफल कार्यक्रम सम्पन्न

माघ १०

साझेदारी बिकास परियोजना अन्तरगत युवा अभियान द्धारा संचालित युवा सशक्तिकरण कार्यक्रम अन्तरगत  युवा छलफल श्र्रखला भाग १९ सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण युवा सुचना केन्द्र बर्दियाका चेत नारायण चौधरीले गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै चेत नारायण चौधरीले युवाहरुको क्षमता अभिबृद्धि, नेतृत्व बिकास र पहुचमा बृद्धि गर्नको लागी सुचनाको सम्प्रेसण र सुचना संकलन गर्नका लागी युवा सुचना केन्द्रको स्थापना भएको बताउदै उहाले युवा सुचना केन्द्र बर्दिया लाई रेस्ट लेस डेभलपमेन्ट भन्ने संस्थाले समेत सहयोग गरिरहेको जानकारी गराउनु भयो ।



 कार्यक्रममा अर्का सहजकर्ताको रुपमा रहेका जि बि स बर्दियाका सुचना संचार प्रबिधिका गोकर्ण घिमिरेले युवा सुचना केन्द्रलाई प्रभाबकारी बनाउन प्रचार प्रसार मा जोड दिनु पर्ने बताउनु भयो । उहाले थप बोल्दै अहिले युवा सुचना केन्द्रलाई सामाजिक संजालको माध्यम बाट समेत प्रचार प्रसार गर्नु पर्ने समेत बताउनु भयो ।

 कार्यक्रम जिल्ला युवा संजाल बर्दियाका संयोजक केशब टमाटाको सभापतित्वमा सम्पन्न भयको थियो । कार्यक्रमकको उदेस्य बारे प्रकाश बरिष्ठ जिल्ला कार्यक्रम सँयोजक निराजन चौधरिले गर्नु भएको थियो । भने कार्यक्रम संचालन जिल्ला युवा संजाल बर्दियाका सदस्य लक्ष्मी चौधरीले गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News