नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जमा स्वदेशी तथा बिदेशी पर्यटकहरुको आकर्षण बढाउन मास्टर प्लानका साथ योजनाहरु पारित
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जमा स्वदेशी तथा बिदेशी पर्यटकहरुको
आकर्षण बढाउन मास्टर प्लानका साथ योजनाहरु पारित गरेको छ । नेपालगन्ज
उपमहानगरपालिकाभित्र रहेको बागेश्वरी मन्दिर, वाटरपार्क,
पुरैना–पुरैनीकोवीचमा रहेको कान्ति ताल, रानी तलाउ लगायतका पर्यटकीय
क्षेत्रको उचित संरक्षण र बिकासका लागि उपमहानगरपालिकाले बृहत् योजना र
बजेटका साथ कार्य थाल्ने तयारी गरेको छ ।
नेपालगन्जमा स्वदेशी तथा बिदेशी
पर्यटकहरुको आकर्षण बढाई कम्तीमा १ दिनको बसाई हुन सक्ने गरी महत्वपूर्ण
आकर्षण स्थानको बिकास गर्ने नीति उपमहानगरपालिकाले लिएको छ । शहरकोबीच
भागमा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर सफा र आकर्षक बनाई पुर्बतर्फ रहेको
पोखरी सफाई र बगंैचा निर्माणमा मन्दिर ब्यबस्थापन समिति र अन्य निकायसंग
सहकार्य गर्ने उपमहानगरपालिकाका कार्यकारी प्रमुख बिष्णुप्रसाद भुसाललले
बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले शहरी क्षेत्र भित्रका परिचित
पर्यटकीय क्षेत्रको सुधारका कुरा मात्र गरेको छैन् उहाँले
भन्नुभयो,–‘ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको बिकासबारे पनि
योजना बनाइएको छ ।’ नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २६ मनिकापुरको
आर्मी ब्यारेकको दक्षिण तथा बसुदेबपुरको उत्तरतर्फको खाली जमिनमा गल्फ
कोर्ष वा खेलग्राम निर्माणका लागि पनि सम्भाब्यता अध्ययन गरी प्रारम्भिक
चरणको काम अघि बढाईने बताईएको छ ।
त्यस्तै नगरको पुर्बतर्फ पुरैना
पुरैनीकोवीचमा रहेको कान्ति ताल पुनःनिर्माण तथा बिकास, नेपालगन्ज भ्यु
टावर निर्माण, बिकासको आन्तरिक सन्तुलन तथा बिकेन्द्रीकरण गर्ने नीति लिईने
कुरालाई महत्वपूर्ण ठानिएको छ । पर्यटन बिकासका लागि भौतिक पूर्बाधार
बिकास योजनाहरुलाई पनि गुरुयोजना बनाएर सडक पिच, नाला निर्माण, अत्याधुनिक
बसपार्क, सपिङ कम्प्लेक्स निर्माणलाई उपमहानगरपालिकाले प्राथमिकता दिएको छ ।
0 comments
Write Down Your Responses