बाँकेको राप्तिपारि हुन लागेको राप्ती बघौडा सोनारी धार्मिक महोत्सबको ७५ प्रतिशत काम सम्पन्न
बाँकेको राप्तिपारि संचालन हुन लागेको राप्ती बघौडा सोनारी धार्मिक
महोत्सबको ७५ प्रतिशत तयारी सकिएको छ । यहि माघ १५ गतेदेखि संचालन हुन
लागेको महोत्व तयारीका लागि फत्तेपुरको लक्ष्मिनगरबाट बाटो आकर्षक बनाउने,
मन्च सिगार्ने काम अन्तिम चरणमा पुगेको आयोजक मुल समारोह समितिका बरिष्ठ
उपाध्यक्ष नबराज खरेलले बताउनुभयो ।
गाबिसमा रहेको जनशिद्धेश्वर बहुमुखि
क्याम्पस स्नातक र स्नाकोक्तर संचालन सहयोगार्थ महोत्सब गर्न लागिएको
उहाँले वताउनुभयो । महोत्सबमा पण्डित गोबिन्द शरण पौडेल र ओम शान्तिका मिरा
दिदिले प्रबचन दिने कार्यक्रम रहेको छ ।
0 comments
Write Down Your Responses