आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता माघ १६ गतेदेखी बर्दियामा सुरु हुने
माघ ८
आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता माघ १६ गतेदेखी बर्दियामा
सुरु हुने भएको छ । बर्दियाको क्षेत्र नं. ३ सानोश्रीताराताल नगरपालिकाको
गुँरास उ.मा.वि.को प्राङ्गणमा संचालन हुदैछ । युवा तथा खेलकुद मन्त्रालयको
वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकुद परिषदको साझेदारी र जिल्ला खेलकुद
विकास समिति गुलरिया बर्दियाको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका
सामुदायिक तथा निजी विद्यालयहरूको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा
छात्र छात्रा भलिवल, कबड्डी हाइजम्प, लङ्ग जम्प, एथ्लेटिक्स तर्फ १ सय २
सय,४ सय, ८ सय, १५सय, ३ हजार मिटर दौड, रिलेतर्फ ४ सय र १६ सय मिटर दौड
साथै छात्र छात्रा हाइजम्प लङ्ग जम्प, त्रिपल जम्प, ज्यापलिङ्ग थ्रो सटफूट,
सितोरिया कराते तेक्वान्दो र उसु जस्ता खेलहरु समावेस गरिएको जनाईएको छ ।
0 comments
Write Down Your Responses