२४ सै घण्टा निर्बाद रुपामा हिड्डुल गर्ने वाताबरण बनाएर प्रहरी भएको आभास गराउन आग्रह
माघ ६,बर्दिया
अञ्चल प्रहरी कार्यालय भेरीका बरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्नेतले जनतालाई दिनमा मात्रै नभए २४ सै घण्टा निर्बाद रुपामा हिड्डुल गर्ने वाताबरण बनाएर प्रहरी भएको आभास गराउन आग्रह गर्नुभएको छ । बर्दियाको धधबारमा प्रहरी चौकी कतर्नियाको उदघाटन गर्दै बरिष्ठ प्रहरी उपरिक्षक बस्नेतले शंकाको निवारण गर्ने अधिकार प्रहरीलाई दिएकोले समाजमा अपाराध हुनु भन्दा अपराध हुनै नदिन प्रहरीले संकाको निवारण गर्ने अधिकार लागु गर्न पाउनु पर्ने बताउनु भयो ।

प्रहरी उपरिक्षक बस्नेतले १४ हजार प्रहरीले जनताको सेवामा आफ्नो जिवन समर्पित गरिसकेकोे स्मरण गराउदै अव जनताले पनि प्रहरी प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नै पर्ने कुरामा जोड दिनु भयो ।
यस्तै बर्दिया जिल्लाका प्रहरी प्रमुख गोबिन्दराम परियारले जनतालाई केन्द्र बिन्दुमा राखेर जनमुखि प्रहरी सेवा प्रदान गर्दै अभियुक्तलाई कानुनी दायमा ल्याएर पिडितलाई न्याय दिने प्रहरीको प्रमुख दायित्व भएको बताउनु भयो ।
कार्यक्रममा शशस्त्र प्रहरी निरिक्षक जगधिस चौधरी, ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरिक्षक चन्दबहादुर थापा, नेपाल पत्रकार महासँघ बर्दियाका अध्यक्ष मिनराज शर्मा, बिभिन्न राजनिति दलका प्रतिनिधी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार लगायतको सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रम भादा मध्यवर्ति सामुदायिक वनका अध्यक्ष फतु थारुको अध्यक्षमा भएको थियो ।
प्रहरी चौकी भादा मध्यबर्ति सामुदायिक वन कतर्नियाको भवनमा हाल उदघाटन गरिएको छ । चौकीमा असई प्रसनिराजबहादुर रानाको कमाण्डमा १४ जना प्रहरीको दरबन्दी रहेको जनाईएको छ ।

0 comments
Write Down Your Responses