नेपालकै प्रथम मेलमिलापमय जिल्ला बन्यो बर्दिया

लक्ष्मण ढुंगाना बर्दिया, २९ पुस
बर्दिया नेपालकै प्रथम मेलमिलापमय जिल्लाको रुपमा स्थापित भएको छ । जिल्लाका सवै गाउँ विकास समितिहरुमा सामुदायिक मेलमिलापकेन्द्र स्थापना भएपछि बर्दिया नेपालकै प्रथम मेलमिलापमय जिल्लाको रुपमा स्थापित भएको हो । 

मेलमिलापकेन्द्र स्थापना लाई जिल्ला तथा राष्ट्र व्यापी रुपमा अभियानको रुपमा संचालन गर्ने र बर्दियाको बिबिध चिनारीका साथ साथै मेलमिलापमय जिल्लाको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) बदियाका जिल्ला संयोजक गोबिन्द प्रसाद लामिछाने बताए । 

समुदायलार्ई छिटो छरितो रुपमा न्यायमा सहज पहुँच तथा समुदाय स्तरमा हुने विभिन्न किसिमका विवाद स्थानिय स्तरमै समाधान गर्नका लागि स्थानीय स्वायत्त शासन ऐन २०५५ अन्र्तगत स्थानीय निकायको क्षेत्रधिकार भित्र रहेका देवानी प्रकृतिका विवाद समाधानका लागि सामुदायिक मेलमिलाप कार्यक्रम संचालन गरिदै आएको छ । यसैक्रमममा पौष २६ गते सुर्यपटुवा गाबिसमा अन्तिम मेलमिलापकेन्द्रको रुपमा विधिवत उद्घाटन गरी सुर्यपटुवामा सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गरिएको थियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News