राजनीति लडाइ सकियकोले आर्थिक लडाइ सुरु गर्नुपर्ने

क्षितिज पौडेल ,बाँसगढी, पौष २७
बर्दिया क्षेत्र नं १ बाट प्रतक्ष निर्वा्िचत संविधान सभाका सदस्य श्याम प्रसाद ढकालले अब सबैको राजनीति लडाई सकीएकोले राजनीतीको लडाई छोडेर आर्थिक लडाइ गर्नु पर्ने कुरा बताउनु भयको छ । बाँसगढी नगरपालिकाको आयोजनामा भएको नगरपालिकाको दोश्रो नगर अधिबेसनमा बोल्दै बाँसगढी नगरपालिकालाइ सुन्दर हरियाली र सफा नगर, बिकास र सम्पनता नगर नगर बासिको चाहना अनुरुप बनाउन योजना तथा निति कार्यन्वयन तर्फ लागे अबस्य नगरपलिकाको बिकास हुने बिस्वास प्रकट गर्नु भयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भयका सभासद ढकालले जनताहरुलाई अझै पनी संबिधानमा के के कुराहरु उल्लेख छ भनेर बुझाऊन नसकेको बताउदै आदिबासी,जनजाति,मधेसी लगायतका प्रतिनिधिहरुले संबिधानले कसैलाई पनी पछाडी नपारेको कुरा अगुवाहरुले बुझ्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा थप बोल्दै सभासद ढकालले भारत बाट आयको पाहाड,मधेस,तराईलाइ छुट्टाउने मिसन ‘र ’ ले नेपाललाइ छुट्टाउन नहुने बताउनु भयो । 

कार्यक्रममा बिशेस अतिथिको आसन बाट बोल्दै बर्दिया क्षेत्र नं २ बाट प्रतक्ष निर्वा्िचत संविधानसभाका सदस्य संजय कुमार गौतमले बर्दियामा कृषि बिस्व बिधालय निर्माण गर्न सके सुनमा सुगन्ध हुने बताउदै यहाँका थारु आदिबासीहरुको सिप बाहिर नजाने बताउनु भयो । उहाले नेपालको संबिधान संसारको नै उत्किृष्ट संबिधान बनेको बताउदै मधेसको समस्या सामधान गर्न संबिधान संसोधन परक्रियामा गईसकेको बताउनु भयो । 

कार्यक्रमा अर्को बिशेस अतिथिको रुपमा रहनु भयकी सांसद लीला रानाले संबिधानमा बहुभाषी,बहुजाती,लैंगिक हिसाबले पछाडी परेका महिलाहरुलाइ अगाडी लेराउन सैद्दान्तिक सिद्दान्ंतहरु लेराई रहदा पनी महिलाहरु अझै अगाडी बढ्न नसकेको कुरा बताउनु भयो । 

कार्यक्रममा बाँसगढी नगरपालिका कार्यकारी अधिकृत बखत बहादुर खड्काले नगरपलिकाको आ.ब ०७३ र ०७४ का लागी निति कार्यक्रम तथा अनुमानित बजेट र ०७१÷०७२ को १ करोड ४४ लाख  ७ हजार ४ सय ६९ रुपीया ८२ पैसा बराबरको आय ब्यय प्रस्तुत गर्नु भयको थियो । 

कार्यक्रममा भिभिन्न जिल्ला  स्तरीय राजनितिक दल ,बुद्दीजीबी ,लगायत पत्रकार र सर्बसाधारण हरुको उपस्थिति रहेको थियो ।


0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News