सानोश्रीताराताल नगरपालिकाको दोस्रो नगर परिषद सम्मपन्न


बर्दिया क्षेत्र नं ३ बाट निर्वा्चित संविधानसभाका सदस्य सन्तकुमार चौधरीले सबै दलहरू मिलेर जान सके साचिकै सानोश्री तारातालको बिकास घोसणा गरे जस्तो बनाउन सकिने बताएका छन ।


सानोश्री तारातालको दोस्रो नगरपरिषद्मा उनले राजनैतिक आरोप प्रत्यारोप भन्दामाथी उठेर नगएसम्म बिकास नहुने बताए। जुनसुकै राजनितिक दलमा आस्था राखेपनि नगरपालिकाको विकासको लागि सबै एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन् ।
सभासद् चौधरीले कर्मचारी र जनताबीचको सम्बन्ध नङ् र मासुबीचको हुनुपर्ने बताउँदै जनप्रतिनिधिको भूमिका पनि त्यहीअनुसारको हुनुपर्नेमा जोड दिए।

नगरपरिषदमा निमित्त स्थानीय विकास अधिकारी सुन्दरलाल श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, नेपाली काँग्रेसका प्रतिनिधि जिबन मल्ल, नेकपा एमालेका कुलप्रसाद पोखरेल, एकिकृत माओवादीका तिलक शर्मा हिमाल, राप्रपा नेपालका जिल्ला प्रतिनिधि अरुण प्रकास सिह , राप्रपाका मेघनाथ अधिकारी्, राष्ट्रिय जनमोर्चाका बासुदेब पोख्रेल लगायतले सबै मिलेर नगरको बजेट, नीति तथा कार्यक्रमअनुसारका कार्य सफल बनाउनुपर्नेमा जोड दिएका थिए।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News