अब प्लस टुको नतिजा पनि ग्रेडिङमा

फाल्गुन १२, २०७२ उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद् बैठकले आउँदो शैक्षिक सत्रबाट ११ मा भर्ना भएका विद्यार्थीको मूल्यांकन ग्रेडिङ पद्धतिबाट गर्ने निर्णय लिएको हो । एसएलसीमा जस्तै उच्च माध्यमिक तह र सीटीईभीटीमा ग्रेडिङ पद्धति लागू गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।

निर्णय कार्यान्वयन गर्न परिषदका प्रशासनिक महाशाखा प्रमुख दुर्गा अर्यालको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।



स्रोतः अनलाइन

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News