धर्मशाला निर्माणका लागि बर्दियाको भुरीगाउँमा महायज्ञ सुरु



भावुक योगी/ फागुन ११

गणेश मन्दिरको भौतिक पुर्वाधार र धर्मशाला निर्माणका लागि बर्दियाको भुरीगाउँमा आज देखि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । 


बर्दियाको बबई नगरपालिका १ भुरीगाउँ बजार क्षेत्रमा रहेको गणेश मन्दिरको भौतिक पुर्वाधार निमार्ण र वृद्धवृद्धाहरुका लागि धर्मशाला निर्माण गर्न आर्थिक रकम संकलन गर्न महायज्ञ सुरु भएको हो ।
स्थानिय समाजसेवि, वुद्धिजिवी, शिक्षाप्रेमी, बर्दियाको अग्रणी शैक्षिक संस्थाका प्रधानाध्यापक एवं चुरे क्याम्पस बगनाहाका प्रार्चाय कृष्ण प्रसाद पौड्यालले आज श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ उद्घाटन गर्नु भएको हो । 


महायज्ञमा नेपालकै प्रख्यात कथा शिरोमणी पंडीत दिपक प्रसाद पौडेलले कथा प्रबचन गर्नुहुने महायज्ञ मुल आयोजक समितीका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो ।
राधाकृष्ण कृतन मण्डलीको आयोजनामा र शान्तिका लागि युवा नेपालको सह आयोजनामा महायज्ञ आयोजना गरीएको हो । महायज्ञ फागुन १७ गते सम्म ७ दिन संचालन हुनेछ ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News