बाँसगढी नगरपालिका बन्यो बर्दिया जिल्लाकै पहिलो साक्षर नगर पालिका ( फोटो फीचर सहित )

क्षितिज पौडृल बाँसगढी, बर्दिया, माघ १८
बर्दियाको बाँसगढी नगरपालिकालाई सोमबार जिल्ला शिक्षा कार्यालय बर्दियाको सहयोगमा त्तथा नगर साक्षरता अभियान समिति बाँसगढीको आयोजनामा  पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको छ । बाँसगढी नगरपालीकाको  ६४ हजार ५ सय ३८ कुल जनसंख्या मध्यमा १५ देखि ६० उमेर समूह संख्याको ९६ दशमलव ०.६  प्रतिशत नागरिक साक्षर भएपछि सोमबार ब्यबस्थापिका संसदका सदस्य श्याम प्रसाद ढकालले  एक समारोहका बिच   बाँसगढी नगरपालिकालाई बर्दिया जिल्लाकै पहिलो  पूर्ण साक्षर नगरपालिका घोषणा गर्नुभएको हो ।

 कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा व्यवस्थापिका संसदका सदस्य श्याम प्रसाद  ढकालले बाँसगढी नगरपालिका पहिलो साक्षर नगरपालिका हुन सफल भयकोले सो कार्यमा सहयोग गर्ने सबैलाइ धन्याबाद ज्ञापन गर्दै असोज ३ गते जारी भयको संबिधानमा बिधार्थी,दलित,महिला,उत्पीडित  लगायत सबैको कानून भयकोले राजनैतिक लडाई सकिएको बताउदै अवको लडाई आर्थिक संमृद्धिको लडाई रहेको बताउनु भया ।

बाँसगढी नगरपालीकामा प्राथमिक बिद्यालय जाने उमेरका ६ देखि १० बर्ष सम्मका बालबालिका मध्य १ प्रतिशत भन्दा पनी कम बालबालिका बिद्यालय बाहिर रहेका र अन्य बाँकी निराक्षरलाई पनि एक बर्ष भित्रै साक्षर बनाई शतप्रतिशत साक्षर बनाउने लक्ष्य सहितको प्रगति प्रतिबेदन नगर साक्षरता अभियानका निराजन चापागाईले प्रस्तुत गर्नु भयको थियो । कार्यक्रममा बिशेस अतिथिको आसन बाट बोल्दै बर्दिया जिल्ला शिक्षा अधिकारी जित बहादुर शाह ले अझै पनी कही कतै गाँउमा राजनितिक हस्तक्षेपका कारण कही कही बिधालयहरु बिचल्लीमा रहेका कारण यसलाई सुधार गर्न बिधार्थीहरुलाइ आग्रह गर्नु भयो । 

त्यस्तै स्थानीय बिकास अधिकारी तेजराम शर्माले चैत्र मसान्त भित्र बर्दिया जिल्ला लाइ नै साक्षर जिल्ला बनाउन लागियकोले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

 बर्दिया जिल्लामा ९५ प्रतिशत भन्दा बढी जनसंख्या साक्षर भएका ७ वटा गाविसलाई साक्षर गाविसको रुपमा घोषणा गरि सकिएको छ । 

कार्यक्रममा नगरपालीका भित्र रहेका ४१  बिद्यालयका हजारौ बिद्यार्थीहरुको र्याली पछि भएको कोणसभामा अनौपचारिक शिक्षा परिषद बर्दियाका प्रमुख पुण्यप्रसाद न्यौपाने, बिभिन्न राजनितिक दलका प्रतिनिधी, शिक्षक सँघ संगठनका अध्यक्ष, नगरपालीका भित्रका बिद्यालयका प्राध्यापकहरु, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, बिद्यार्थी, अभिभाबक लगायत गरी हजारौको सहभागीता रहेको थियो ।

 कार्यक्रम बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत तथा नगर साक्षरता अभियान समिति बाँसगढी बखतबहादुर खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बिद्याथीहरुले मयुरनाँच,झाँकि लगायतका बिबिध साँस्कृतिक प्रस्तुतिहरु समेत  प्रस्तुत गरेका थिय ।


,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News