सुन्तलीले मोडल पलसँग ‘आई लभ यू’ भन्दै रोमान्स गरेपछि…

चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरेलाई तपाइले विभिन्न रुपमा देख्नु भएको छ । तर, संभवत क्यूट मोडल भएर नृत्य गर्दै गरेको देख्नु भएको छैन होला । सिन्धुलीको वीपी राजमार्ग वरिपरी खिचिएको एक गीतमा उनले मोडल पल शाहसँग ‘आई लभ यू’ भन्दै रोमान्स गरेकी छिन् ।
दीनेश थपलियाको गीती एल्बम ‘सारांश २’मा समावेश ‘आई लभ यू’ बोलको गीतमा कुञ्जना र मोडल पल शाहले मोडलिङ गरेका छन् । भिडियोमा सिताराम कट्टेल ‘धुुर्मुस’ पनि देखिएका छन् । यो गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर छ ।
बसन्त सापकोटाले संगीत भरेको यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको छायांकन संजय लामाले गरेका छन् भने अर्जुन पोख्रेलको यसमा सम्पादन छ ।
भिडियोलाई रोमान्चक बनाइएको छ । संभवत दर्शकले कुञ्जना र सितारामलाई पहिलो पटक यस्तो अवतारमा देख्न पाएका छन् ।
भिडियो हेर्नुसः

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News