विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु

कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा महेन्द्रनगरले लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।

दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको हो । माघ १७ गतेदेखि हालसम्म विद्युत् महसुल नबुझाउने ३० जना ग्राहकको विद्युत्को लाइन काटिएको वितरण शाखाका प्रमुख भोजराज जोशीले बताए ।

प्राधिकरणको बक्यौता रकममा वृद्धि हुन थालेपछि लाइन काट्न सुरु गरेका हौँ उनले भने, “लाइन काटिएकामध्ये १२ जना ग्राहकले रु दुई लाख ७५ हजार ३९५ बक्यौता रकम बुझाएपछि पुनः लाइन जोडिएको छ ।”

वितरण शाखाको चालु आवको बक्यौता रु १० करोड १० लाख छ हजार ३०० पुगेको छ । लामो समयदेखि महसुल नबुझाउनेमा सरकारी कार्यालयसमेत रहेका छन् ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News