हावाहुरी र धुलोको समय आयो, आँखाको केयर यसरी गर्नुस्!
हावाहुरीको मौसम सुरु हुन लागेको छ ।
आँखामा धुलो परे बिझाउने र आंशु आउने हुन्छ । अनि धुलोको कण निकाल्न आँखा
मिच्न सुरु हुन्छ । तैपनि आँखाको धुलो जाँदैन । त्यसपछि के गर्नुहुन्छ ?
आँखामा अकस्मात पसेको धुलोका कण वा साना बस्तु हटाउने केआँखामा पसेको
जुनसुकै धुलो वा किटाणु वा फोहर अड्केमा त्यसबाट छिटो भन्दा छिटो मुक्ती
पाउन आँखा झिमिक–झिमिक गर्न सक्नुहुन्छ ।
जति छिटो आँखा झिम्क्याउनु हुन्छ कण हट्ने
सम्भावना पनि त्यति नै बढी हुन्छ । केही तरिका छन् । यी तरिका अपनाउन
सकेमा सजिलै आँखामा पसेका चिज हटाउन सकिन्छ ।कहिलेकाही सानो कण तपाईको
आँखाकोे ढकनी मुनी अड्किने सम्भावना हुन्छ । यस्तो अवस्थामा तपाईंको आँखाको
माथिल्लो ढकनीलाई हल्का बाहिर तानिदिनुहोस् र तल्लो ढकनीमाथि राखिदिनुहोस्
।
त्यसपछि भित्रको धुलो वा कण हटाउन आँखाको
गेडी तलमाथि वा दायाँबायाँ घुमाउनुहोस् । पहिलो पटकमा यो काइदाले काम नगरे
पनि बारम्बार दोहोर्याउनुभयो भने अवश्य पनि धुलो झर्न सक्छ ।
–चिसो पानी लिनुहोस् र आँखामा पानी छम्किदिनुहोस् ।
तपाईंले आँखा खुला गरेर बगिरहेको पानीको
धारामा बिस्तारै रााखेर मिच्न पनि सक्नुहुन्छ । पानीले तपाईंको आँखालाई
कुनै असर गर्दैन तसर्थ धारामा आँखा राख्न डराउनु पर्दैन । यदि धारामा आँखा
लैजान डर लाग्छ भने सफा भाडा (वाटा वा थाल ) मा सफा पानी राखेर अनुहार
डुबाएर पानीभित्र हेर्नुहोस् तत्कालै आखाको धुलो हट्नेछ ।
कटनको लुगाको एउटा टुक्रालाई पानीमा
भिजाउनुहोस् र तपाईंको आँखाको साइडलाइ हल्का दबाउनुहोस् । आँखाको कोर्निया
निकै सम्बेदनशिल हुने भएकाले र यसले आँखामा चोट पुर्याउने भएकाले कटनले
कोर्नियालाई नघोट्नुहोस् । सेतो कटनलाई प्रयोग गर्नुहोस् ताकि आँखाबाट धुलो
हटेको सजिलै पहिचान गर्न सक्नुहुन्छ ।
–आफैले आँखाको धुलो हटाउन गाह्रो हुन्छ
भने साथीको सहयोगमा धुलो हटाउने प्रयास गर्नुहोस् । आँखाको ढकनी उचालेर
साथीको सहयोग लिनुहोस् ।
0 comments
Write Down Your Responses