पोखराकी बिन्दु कसरी अमेरिका पुगिन ? कसरी पोर्न स्टार बनिन् ?, त्यसको बेग्लै कथा भएको उनी बताउँछिन् । सन् २००० मा पोखरामा एक अमेरिकी पर्वतारोहीसँग भेट हुन्छ बिन्दुको । बिन्दुको रूपबाट आकर्षित ती पर्वतारोहीले बिहे गर्ने प्रस्ताव गर्छन्, त्यसलाई स्वीकार्दै १७ बर्षे बिन्दु झन्डै दोब्बर उमेरका अमेरीकीसँग विवाह गरेर अमेरिका पुग्छिन् ।
ती पर्वतारोहीको वाचा हुन्छ औपचारिक बिहे गरेर श्रीमती बनाउने, सन्तान जन्माउने र सन्तानलाई अमेरिकी नागरिकता दिलाउने । तर पर्वतारोहीले श्रीमती बनाएर राखे पनि औपचारिकता दिएनन् । एक दिन पार्टीमा क्लब गएका बेला स्ट्रीपर डान्सर भेटिन् र आफ्ना श्रीमानलाई त्यस्तो अँगाल्ने प्रस्ताव राखिन् । श्रीमानले प्रस्ताव स्वीकार गरेपछि उनी स्ट्रीपर डान्सरका रूपमा काम गर्न थालेको उनी बताउँछिन् ।
आफुलाई पढाइदिने बहानामा आफ्नै सानो बुबा टोम सेवालले झुक्याएर सुरुमा पोर्न काममा लगाए पनि अहिले आफुले स्वतन्त्र भएर काम गर्न पाएकोमा सन्तुष्टि रहेको उनी बताउँछिन् । परियारले बदलिँदो समाजमा पोर्न र सेक्स दालभात जस्तै सामान्य र आवश्यक कुरा भएको बताउँछिन् । कास्की हेम्जाको गरिब परिवारमा जन्मिएकी परियारको परिवार सानो भट्टी पसल चलाउथ्यो । त्यहीँ अमेरीकाका निकै धनाढ्य टोम सेवाल पुगे र उनैको पछि लागेर बिन्दु अमेरिका पुगिन् ।
अहिले आफु टोमबाट अलग रहेको र चाहेको काम गरेर मनग्य पैसा कमाइरहेको बताउने बिन्दु तत्कालै नेपाल आउन भने इच्छा नभएको आफ्ना नेपाली साथीलाई बताउँदै आएकी छन् । पछि नेपालमा आएर समाजसेवामा लाग्ने उनको रहर छ । अहिले उनको दैनिक आय १५ सय अमेरिकन डलरसम्म पुग्छ ।
0 comments
Write Down Your Responses