खेल हेर्न गएका दर्शक र पत्रकारलाई प्रहरीले कुटपीट गरे

विराटनगर, फागुन १४ -  विराटनगरको सहिद रंगशालामा नेपाल पुलिस क्लव र घरेलु टोली मोरङ फुटवल क्लवको रोमाञ्चक खेल हेर्नको लागि बिहीबार दर्शकको निकै घुईंचो थियो । खेल ३ बजे पछि शुरु भयो । 
पहिलो हाफको ईन्जुरी समयमा रेफ्रीले खेलाडी बिष्णु सुनुवारलाई रेड कार्ड दिएर निकालेपछि माहौल अलि आक्रामक जस्तो देखिन्थ्यो । त्यसको केही समयपछि फेरि नेपाल पुलिसको तर्फबाट खेलको ८९ औ मिनेटमा सुमन सुवेदीले पहिलो तथा निर्णायक नै गोल गरे । त्यसपछि दर्शक दीर्घाबाट आएको हुटिङ अनि आफ्नो–आफ्नो टिमलाई जिताउनका लागि भएको हुटिङले खेल मैदानमा अझ खेलाडीलाई उत्साह थप्दै थियो । खेल सकिनको लागि २ मिनेट मात्र बाँही रहेको ईन्जुरी समयमा नेपाल प्रहरीको गोल किपर भएको छेउबाट खेल मैदानमा केही पानीका बोटल (मिनरल वाटर) फालिएको कुरा रेफ्रीले बाहिर जानकारी गराए । त्यहीबेला प्रहरीको टोली बोतल फालेको स्थानमा दौडिँदै गयो । त्यहाँ पुगेको प्रहरी एकाएक आक्रोशित देखियो । 
खेलको आनन्द लिइरहेका दर्शकमाथि प्रहरीले जथाभावी लाठी प्रहार गर्यो । त्यहाँको त्यस्तो अबस्था देखेपछि पत्रकारहरुको ध्यान खेल भन्दा पनि प्रहरीले गरेको कुटपिटतर्फ तानियो । कुटपिटको भिडियो खिच्नको केही पत्रकारहरु त्यो प्याराफिटतर्फ जाँदै गर्दा प्रहरीले क्यामेरा खेस्ने प्रयास गर्यो । प्रहरीले दर्शक र पत्रकारमाथि गरेको हातपातको दृश्य प्रहरीका उच्च अधिकारीहरुले टुलुटुलु हेरेर बसे । मोरङमा तीनदिन अघि मात्र आएका प्रहरी उपरीक्षक सन्दीप भण्डारी पनि रमिते बने । सक्दो कुटपिट गर्दै गर्दा त्यसलाई रोक्ने काम कुनै अधिकारीबाट भएन । 
प्रहरीले कुटपीट र दुव्र्यवहार गरेपछि दर्शकले प्रहरी विरुद्ध नारावाजी गरेका थिए । प्रहरी उपरीक्षक भण्डारीले गल्ती गर्नेलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका छन् । नारावाजीले गर्दा खेलको पुरस्कार वितरण कार्यक्रम आधा घण्टा रोकिएको थियो ।

उज्यालो 

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News