पदनै राजनीतिक सफलता हो ।

बाँकेको खासकुश्मा गाविसको वडा न ः ४ मा  विः स २०३६ सालमा जन्मेका ऋषिराज देवकोटा  बर्तमान सम्म आइपुग्दा राजनीतिक रुपमा सफल व्यक्तिको रुपमा आफुलाइ चिनाउन सफल हुनुभएको छ । सानै उमेर देखि राजनीति प्रति निकै चासो राख्ने देवकोटा विद्यार्थी जीवनमा विद्यालय देखि क्याम्पस सम्मको सफल राजनीति गर्दै आउनु भएको छ । उहाँले बि स २०५६ साल देखि विद्यार्थी बाट सक्रिय राजनीति गरेर विद्यालय स्तरिय स्कुल समितिको अध्यक्ष, महेन्द्र बहुमुखि क्याम्पसको इकाइ अध्यक्ष हुँदै  राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएर प्रशंसनिय पदहरुमा आफ्नो भूमिका निभाउदै आइरहनु भएको छ । पदलाई राजनीतिक रुपमा मान सम्मान सम्झने देवकोटाको राजनीतिमा बढुवा हुँदै  विद्यार्थी संगठनकै केन्द्रीय सदस्य  त्यस लगत्तै क्रमश दुई कार्यकाल उपाध्यक्ष हुनुभयो ।


  त्यसपछि राजनीतिले गति लिने क्रममा देवकोटा रा प्र पा नेपाल निकटकै युवकहरुको संगठनकै केन्द्रीय उपाध्यक्ष भएर् सफल  जिम्मेवारी निभाउनु भयो । त्यस पछिको राजनीति पनि उहाँको लागि चुनौती रह्यो । उहाँ  केन्द्रीय उपाध्यक्ष भएपछि आफ्नो जन्म क्षेत्रको राजनीति तिर केन्द्रीत हुनुभयो । उहाँको योगदान पार्टी प्रति लगाप र जोस जाँगरका कारण २०६९ साल देखि ०७१ सम्म बाँके क्षेत्र न ः १ को क्षेत्रीय अध्यक्ष भएर क्षेत्र नम्बर १ का जनतामाझ आफ्नो पहिचान बनाउनु भयो । 

 क्षेत्र न ः १ को सफल राजनीति गरिरहँदा  लोकतान्त्रिक संविधानको दोस्रो संविधान सभाको चुनावमा प्रत्यक्ष उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिनु भयो । क्षेत्रका  अध्यक्ष पछि देवकोटा  रा प ्रपा नेपाल बाँकेका जिल्ला अध्यक्ष भए  ।  दोस्रो संविधान सभाको निर्वाचन पछि देशको चौथो शक्तिको रुपमा चिनाउन सफल रा प्र पा नेपालको जिल्ला अध्यक्ष भएर जिम्मेवारी निभाइरहदा अहिले जिल्लामा रा प्र पा नेपालको  प्रभाव निकै राम्राृे देखिन्छ । 

अधयक्ष देवकोटा भन्नुहुन्छ राष्ट्रियता, प्रजातन्त्र र उदारवाद पार्टीको नारा आफ्ना कार्यकर्ता लाई मात्रै होइन जिल्लाका अन्य राजनीतिक विचार धाराका मान्छेहरुलाई पनि प्रष्ट्याउने गरेको छुँ ।  म युवाहरुलाई निकै सम्मान गर्छु युवाहरु विना यो देशको राजनीति सम्भव छैन् त्यसैले अहिले रा प्र पा नेपालमा युवाहरुको जमात निकै राम्रो छ । अहिलेको अवस्थामा पार्टीले टोल टोलमा रा प्र पा नेपाल अभियान लिएर जनताका माझमा आफ्नो राम्रो  खुबि बनाइरहेको छ ।  टोल टोलमा रा प्र पा नेपाल अभियानले संगठन विस्तार पार्टी मजवुद कार्यकर्ता सक्रिय, अनि स्थानीय निकायको  चुनावलाई निकै टेवा पुगि रहेको र अझै प्रभावकारी बनाइरहेको  अध्यक्ष देवकोटा भन्नुहुन्छ ।

 आजको दिनलाई पहिलाका मान्छेहरुले कालो दिनको रुपमा मनाएपनि देशमा आएको परिवर्तनले जनतालाई राम्रो गर्न नसकिरहेको अवस्थामा इतिहाँस कोरेको राजतन्त्रप्रति जनताका धारणा सकारात्मक हुँदै गएको आफ्नो अनुभव रहेको उहाँको भनाई छ । 

अध्यक्ष देवकोटा सबै सँग आग्रह गर्दै भन्नुहुन्छ  अहिलेको अवस्थामा देशमा जनताका वास्तविक समस्या बुझ्ने जनताका  दुख बोल्ने राप्रपा नेपाल रहेको  प्रमाणित गराई सकेको बेला  सम्पुर्ण जनतालाई साथ र सहयोग गरेर देशमा एक पटक जनता मुखि क्रान्ति गर्ने अवसर दिनुपर्छ ।
प्रस्तुती हेमन्त चौधरी

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News