मध्य्पस्चिमान्चल क्षेत्रीय महोत्सव शुरू
बिक्रान्त आचार्य , नेपालगंज,माघ २१ कृषि, जडिबुटी, पर्यटन, सूचना तथा प्रविधि, उधोग र ब्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्रको मूल आधार भन्ने मुल नारा सहित बहुउद्धेश्यिय सभागृह तथा प्रदशनी स्थल निर्माण सहयोगार्थ नेपालगन्ज उद्योग बाणिज्य संघ, बाँकेको आयोजनामा आज माघ २१ गते देखि महोत्सवको उदघाटन भएको छ । आज विहान विपी चोक हुदै त्रिभुवन चौक, घरवारी टोल, धम्बोझी चोक हुदै विभिन्न भेषभुषामा सजिएर शोभा यात्रा महोत्सव स्थल सडक डिभिजन कार्यालय परिसर पुगेको थियो ।
महोत्सवलाई प्रचार प्रसार गर्नको लागि नेपाल र भारतको सन्चारकर्मीहरुसंग समेत महोत्सव बारे छलफल गरिएको छ । महोत्सव भरि हरेका दिन ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गीत, नृत्य र हाँस्यब्यङ सहितको साँस्कृतिक प्रस्तुती, खुल्ला नृत्य प्रतियोगिता रहने साँस्कृतिक ब्यवस्थापन उपसमितिका संयोजक अमित कुमार बस्नेतले जानकारी दिए ।
यस महोत्सवले उद्योगी र ब्यवसायीहरुमा ब्यवसायिक प्रतिष्पर्धाको वातावरण सृजना गराई लगानीका अवसरको सृजना गर्ने , कृषि, जडिबुटी,
पर्यटन,
साँस्कृतिक भेषभुषाको संरक्षण,सूचना प्रविधि, उधोग र व्यापार गतिविधिको पहिचानमा सहयोग पुरयाउन यस मध्यपश्चिमान्चल क्षेत्रीय महोत्सव २०७२ को आयोजना गरिएको महोत्सव कार्यान्यन समितिका सदस्य सचिव विष्णु लामिछानेले जानकारी गराउनु भएको छ । प्रचार र्याली तथा झाँकी ब्यवस्थापन उप समितिका संयोजक हरिश चन्द्र श्रेष्ठले शोभा यात्रालाई विभिन्न जातजातिका भेषभुषा झल्किने गरि र्याली निकालिएको बताउनु भयो ।





0 comments
Write Down Your Responses