नाका खुलेपछि गाडीहरु निर्वाध रुपमा चल्न थाले सुरक्षा कडा ।।

माघ २३
स्थानीय व्यापारीको प्रतिकारपछि १ सय ३५ दिनदेखि अवरुद्ध वीरगन्जको रक्सौल नाका खुलेपछि गाडीहरु निर्वाध चलिरहेका छन् । नाकामा धर्नामा बस्ने मधेसी मोर्चाका कार्यकर्ताको संख्या कम भएको समयमा स्थानीय व्यापारीहरु पुागेर धर्नास्थलमा टाँगिएका टेन्टमा आगो लगाइ दिएपछि नाकाको अवरोध हटेको हो । हिजो अघोषित रुपमा नजै नाका खुलेपनि आज घोषित बनाउने मोर्चाको तयारी छ ।

नेपाल भारत आउजाउ पनि सहजरुपमै सुरु भएको छ । ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको छ । मधेसी मोर्चाले भने नाका खुलेपनि कुनै औपचारीक धारणा सार्वजनिक गरेको छैन । आज बैठक बसेर धारणा बनाउने तयारी छ । बीरगन्जमा रहनु भएका सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाको चाहाना विपरित नाका खुलेको तर छलफल गरेर आज निर्णय दिने सीआइएनलाई बताउनुभयो ।

यसैबीच बीरगञ्ज नाका खुलेपछि स्थानिय प्रशासनले रोकिएका सामान ल्याउने प्रक्रिया पनि सुरु गरेको छ । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवराज पन्तले सुरक्षाका साथ सामान सहज ल्याउने प्रयास सुरु भएको सीआईएनसँगको कुराकानीमा जानकारी दिनुभयो । उहाँले सुरक्षा ब्यवस्था कडा पारिएको बताउनुभयो । नाका खुलेपछि नेपाल आयल निगमले पनि ३५ ओटा ट्याङ्करलाई तेल भर्न वीरन्ज नाकाबाट रक्सौल पठाउने तयारी गरेको छ । राती ती ट्याङकर पठाइने नेपाल आयल निगम स्रोतले जानकारी दिएको छ ।

 रक्सौलस्थिति भारतीय कस्टमका अधिकारीले तेल भर्न ट्यांकर पठाइदिन भनेपछि निगमले यस्तो तयारी गरेको हो । निगमनका निर्देशक दीपक बरालले अब दुईदिनमा तेल ल्याउने सकिनेगरि पहल सुरु भएको सीआइएनलाई जानकारी दिनुभयो ।

 यसैबीच आयल निगमले काठमाण्डुमा स्टक रहेको तेलको बितरण बढाउने भएको छ । भोलि बिहानसम्मको अवस्थालामई हरेर तेल बितरण बढाउने निगमका एक अधिकारीले बताउनुभयो ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News