कांग्रेसको महाधिवेशन प्रतिनिधि नतिजा आउँदै ।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छनौटको नतिजा आउने क्रम जारी रहेको छ । रातीदेखि अघिकांस ठाउँको आइसकेको र बाँकी आउने आज आइसक्ने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको प्रतिनीधि छनौट आजबाट सुरु भएको छ ।
हिजो ५३ जिल्लाका १ सय ९० स्थानमानेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु भएको छ । हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित ११ जना महाधिवेशन प्रतिनिधि चुनेर सम्पन्न हुने यस अधिवेशनले आगामी महाधिवेशनमा नेतृत्वको दावी गरिरहेका नेताहरुको हैसियत प्रष्ट्याउने छ ।
बिभिन्न तीन चरणमा महाधिवेशन प्रतिनिधि छनौट हुने काँग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले सीआईएनसँग बताउनुभयो । माघ १५ गते देशभरका गाँउ र नगरपालिका इकाई कमिटीबाट चुनिएका प्रतिनिधि मतदाता रहने यस अप्रत्यक्ष निर्वाचनबाट समानुपातिक÷समावेशी सिद्धान्तका आधारमा दलित, महिला, आदिवासी–जनजाति र अल्पसंख्यक कोटामा पनि प्रतिनिधि चयन गरिनेछ ।
यसै आधारमा आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा केन्द्रीय कार्यसमिति चयन हुनेछ । हिजो रोकिएका केही ठाउँमा भने आज पनि चनाव हुँदैछ ।
0 comments
Write Down Your Responses