बर्दियामा अझै १ हजार बढी मुक्त कमैया पुनस्थापना हुन बाँकी ।।

 माघ २७
उसुमा नेपालले बुधबार ६ रजत पदक जितेको छ । खेलाडीहरु हरिप्रसाद गोले, सविता राई, झरना गुरुङ, जुनी राई, विन्दु पुन मगर, राजेश चौधरीले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा आज रजत पदक जित्नु भएको हो । स्वर्णका लागि प्रतिस्पर्धा गरेका ६ जनाले नै रजतमा चित्त बुझाउनुपरेको हो । यससँगै सागको उसुका प्रतियोगिताहरु सकिएका छन् । प्रतियोगितामा नेपालले अहिलेसम्म एक स्वर्ण, ११ रजत, र १५ कास्य गरी २७ पदक जितेको छ ।
बर्दियामा अझैपनि एक हजार एक सय दश मुक्तकमैया घरपरिवार पुनःस्थापना हुन सकेका छैनन् । पुनःस्थापना हुन नसक्दा विभिन्न समस्याहरु झेल्नु परेको उनीहरुको गुनासो छ । बर्दियामा आर्थिक बर्ष २०७१र०७२ मा १० हजार ७ सय ६५ जनालाई पुनःस्थापना गरिएको थियो ।

 घर निर्माणका लागि दुई हजार ३ सय २८ जनालाई ३५ क्यूफिट काठ बितरण गरिएपनि हालसम्म ९ हजार ५ सय ४७ जनाले काठ नपाएको बताइएको छ । पुनःस्थापना गर्न बाँकी रहेका मुक्तकमैयाहरुलाई तत्काल जग्गा खरिद गरी पुनःस्थापना गर्नु पर्ने उनीहरुको माग रहेको छ । मुक्तकमैयाहरुलाई नेपाल सरकारबाट प्रदान गरिने ५५ हजार अनुदान रकम र ७५ क्यू फिट काठ यथाशिघ्र उपलब्ध गराउनु पर्ने कमासु दिगो विकास समाजले बताएको छ ।

फोटो टाँस भएका ६४१ मुक्त कमैयालाई पनि परिचयपत्र उपलब्ध गराउनु पने कमासुका अध्यक्ष बिन्तराम चौधरीले बताए । उनका अनुसार जनता आवास कार्यक्रम मुक्त कमैया र सुकुम्बासी बस्तीमा पनि लागु गरिनु पर्ने, बस्तीमा बसिरहेका र सट्टाभर्ना गर्नुपर्ने मुक्तकमैयाहरुलाई बसेकै स्थानमा पुनःस्थापना गरिनु पर्दछ ।

जिल्ला भूमि सुधार कार्यालय बर्दियाको प्रतिबेदन अनुसार मुक्तकमैया भएको दाबी गरिएका १६ हजार २ सय ६२ जना मध्ये छानबिन गरी पुनःस्थापना गर्नका लागि ११ हजार ८ सय ७५ जना ठहर गरिएका थिए ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News