सभापति कोइरालाको निधनले देशभर शोक, यस्तो छ उनको योगदान ( भिडियो र फोटो फीचर सहित )


- काठमाडौं, माघ २६ । संविधान निर्माणपछि क्यान्सरको अन्तिम रिपोर्ट टिन अमेरिका पुगेका कांग्रेस सभापति सुशील कोइरालाले नेपाली समुदायसँग भनेका थिए– ‘अब क्यान्सर जितें’ । क्यान्सर जितेको खुसीमा केही दिन अमेरिकामै घुमफिरमा विताएका कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिएका थिए ।






आफूलाई बिरामी भएकाले आराम गर्नुपर्ने नेताहरुको दबाब प्रतिवाद गर्दै कोइरालाले केही दिनअघि मात्रै भक्तपुरमा भनेका थिए– ‘क्यान्सर जितेर आएको छु, अब म स्वस्थ भएको छु ।’ उनको संकेत आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी प्रष्टै थियो ।



दमसम्बन्धी क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज ९सीओपीडी० समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगन्जमै राति १२ बजेर ५० मिनेटमा निधन भएको हो ।

कोइराला परिवारको बिरासत थाम्दै १२ औं महाधिवेशनमा सभापति चुनिएका कोइरालालाई ठूलो जस चाहीं संविधान निर्माणमा जान्छ । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तराद्र्धमा सुरु भएर थाँती रहेको काम थियो ।




सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनरमा भएको हो । उनका ६ भाई र एक बहिनी थिए । अविवाहित सुशील वन अधिकृत बाबुसँगै नेपालगन्ज पुगे । त्यसपछि कोइरालाको स्थायी बसोबास उतै भयो ।

दोस्रो संविधानसभामा ठूलो पार्टी भएपछि कोइराला २०७० साल माघ २७ गते प्रधानामन्त्री निर्वाचित भएका थिए । उनी सबैभन्दा गरिब प्रधानमन्त्रीका रुपमा चर्चासमेत भएको थियो । उनले आफ्नो सम्पत्ति विवरणमा तीन वटा मोबाइल सेट मात्र रहेको सार्वजनिक गरेका थिए । पदमा रहँदा उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि पहल गरेका थिए ।




२०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । २०४२ सालको सत्याग्रहदेखि २०४६ र २०६२÷६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए ।






पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशील पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए ।




अन्य थप  जानकारी हरु यो भिडियो मा हेर्नुहोस


काठमाडौं, माघ २६ । संविधान निर्माणपछि क्यान्सरको अन्तिम रिपोर्ट टिन अमेरिका पुगेका कांग्रेस सभापति सुशील कोइरालाले नेपाली समुदायसँग भनेका थिए– ‘अब क्यान्सर जितें’ । क्यान्सर जितेको खुसीमा केही दिन अमेरिकामै घुमफिरमा विताएका कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिएका थिए - See more at: http://www.imagekhabar.com/samachar/detail/58750/29/.shtml#sthash.8CTSipLG.dpuf

, , , , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News