बाँसगढीमा निशुल्क ३ महिने मोटरसाईकल मर्मत तालिम सुरु ।।

राबन बिश्वकर्मा, बाँसगढी, बर्दिया, माघ २४
बाँसगढी नगरपालीका ८ बाँसगढीको सारा अटोमोबाईल ओर्कशर्पमा आईतबार देखि निशुल्क ३ महिने मोटरसाईकल मर्मत तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजनामा आर्थिक बर्ष २०७२।०७३ को सिपमुलक तालिम कार्यक्रम अन्तगर्त ३ महिने मोटरसाईकल मर्मत तालिम सञ्चालन गरिएको हो । 
Photo By Shanker Sharma

तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अथिति घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका उद्योग अधिकृत महेन्द्रसिँह रावलले नेपालमा मध्यम आय स्तर भएका जन्ताहरुले सवारी साधनको रुपमा मोटरसाईकल धेरै प्रयोग गर्ने भएकाले तालिम रोजगारी र आर्यआर्जनको लागी महत्वपुर्ण हुने बताए । उद्योग अधिकृत रावलले तालिमबाट व्यवसायीक जनशक्ति उत्पादन गरी आर्यआर्जन गरी स्वारोजगार बन्न सहभागीहरुलाई आग्रह गरे । 

त्यस्तै कार्यक्रमको सभापतिको आसनबाट बोल्दै बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्काले नेपालका युवाहरु बैदेशिक रोजगारमा गएर पनि कयाँै फर्नेका उदारण दिर्दै आफ्नै ठाँउमा सिपमुलक तालिम लिएर स्वरोजगार हुन अनुराध गरे । 

photo By Shanker sharma
अधिकृत खड्काले बाँसगढी क्षेत्र भित्र सिपमुलक तालिमहरु मध्य मोटरसाईकल मर्मत तालिमको आबश्यकताको महशुस गर्दै युवा पिडिलाई तालिममा सहभागी गराएको बताए । कार्यक्रममा बाँसगढी उद्योग बाणिज्य सँघका उपाध्यक्ष शंकर शर्मा, घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका रामराज गौतम, प्रशिक्षक डाक्टर मोटरसाईकल ओर्कशप गुलरियाका जाकिरहुजेन मनिहार, सञ्चारकर्मी, लगायतको सहभागीता रहेको थियो । तालिममा १५ जना युवाहरु सहभागी भएका छन ।










Watch Jyoti Magars Sexy Music video

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News