के तपार्इले यस्ता पासवर्ड राख्नुभएको छ ? तुरुन्त बदल्नुहोस्
इन्टरनेट अकाउण्टको पासवर्ड संरक्षण तथा डाटा सुरक्षाको क्षेत्रमा काम गर्ने स्प्लास डेटा नामक कम्पनीले गत वर्ष सन् २०१५ मा विश्वमा सबैभन्दा खराब पासवर्डको सूचि सार्वजनिक गरेको छ ।
यो कम्पनीले विगत पाँच वर्षदेखि हरेक वर्ष यस्तो सूचि सार्वजनिक गर्ने गर्छ ता की इन्टरनेट प्रयोगकर्ताहरु यस्ता असुरक्षित तथा कमजोर पासवर्ड प्रयोग गर्नबाट बचुन् । यस्ता कमजोर पासवर्ड प्रयोग गर्दा इन्टरनेट अकाउण्ट ह्याक हुने तथा डाटा चोरी हुने र साइबर अपराधीले अन्य खालका आर्थिक तथा भौतिक क्षति गर्ने जोखिम हुन्छ । त्यसका साथै तपाइँको गोप्यता समेत भंग हुन सक्छ । तपाइँको फेसबुक प्रोफाइल देखि लिएर अनलाइन बैंकिंग र अफिसियल इमेल सम्ममा ह्याकर्सको पहुँच पुग्नु निकै खतरनाक हुन्छ ।
सन् २०१५ का सबैभन्दा कमजोर २५ पासवर्डको सूचि अनुसार इन्टरनेट प्रयोगकर्तामा अझैपनि जोखिमपूर्ण तथा सजिला पासवर्ड प्रयोग गर्ने बानी हटेको छैन र उनीहरुले आफुलाई निरन्तर जोखिममा पारिरहेका छन् ।
सन् २०११ को पहिलो सूचिबाट नै खराब पासवर्डको रुपमा सबैभन्दा अग्रस्थानमा रहेका-12345678 र password यो पटक पनि सबैभन्दा खराब पासवर्डको सूचिमा कायमै छन् । इन्टरनेट प्रयोगकर्ताले प्रयोग गरेका लिक भएका २० लाख पासवर्डको विश्लेषण गरी यस्तो तथ्यांक तयार गरिएको हो । रिपोर्ट अनुसार पछिल्लो समयमा लामो अक्षर तथा अंकका पासवर्ड प्रयोग गर्ने क्रम बढेको छ । तर लामा भएपनि त्यस्ता पासवर्ड यति सरल हुन्छन् की त्यसको लम्बाइले सुरक्षामा कुनै सहयोग गरेको हुँदैन ।
वर्षका अन्य खराब पासवर्ड यस्ता छन्ः
– qwerty, – 12345, – 123456789, – football, – 1234, – 1234567, – baseball, – welcome, – 1234567890, – abc123, – 111111, – 1qaz2wsx, – dragon, – master, – monkey, – letmein, – login, – princess, – qwertyuiop, – solo, – passw0rd, – starwars
– qwerty, – 12345, – 123456789, – football, – 1234, – 1234567, – baseball, – welcome, – 1234567890, – abc123, – 111111, – 1qaz2wsx, – dragon, – master, – monkey, – letmein, – login, – princess, – qwertyuiop, – solo, – passw0rd, – starwars
यदि तपाइँले पनि माथिका मध्ये कुनैपनि पासवर्ड आफ्नो अकाउण्टमा प्रयोग गर्नुभएको छ भने तुरुन्तै बदलिहाल्नुहोस् । किनकी यी दुनियाका सबैभन्दा कमजोर तथा खराब पासवर्ड हुन् र ह्याकिंगको उच्च जोखममा छन् ।
0 comments
Write Down Your Responses