नविनाले पहिलोपटक तोडिन आफ्नो भर्जिन !
काठमाडौं, ९ फागुन । संगठनमा लागेको २० वर्षपछि अनेरास्ववियुकी अध्यक्ष बन्न सफल भएकी छिन् नविना लामा ।
लामा अनेरास्ववियुकी निर्वमान महासचिव थिइन् ।
उनले आफ्ना प्यानलमा ऐन महरलाई महासचिवमा ‘कन्भिन्स’ गराएर २२ औं राष्ट्रिय
महाधिवेशनबाट आफूले नेतृत्व लिने कसरत गरिन् र त्यसमा आज सफल भएकी छिन् ।
आज उनी संगठनकै सर्वाेच्च अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । उनको एउटा
विजयी त छदै छ । साथसाथै उनले एउटा अर्काे विजयी समेत हात पारेकी छिन् ।
उनले अनेरास्ववियुकी एकमात्र महिला नेतृ रामकुमारी झाक्रीको रेकर्ड तोडेकी
हुन् । यसअघि अनेरास्ववियुमा रामकुमारी मात्रै एक मात्र महिला अध्यक्षको
सूचीमा थिइन् ।
आफू निर्वाचित भएसँगै नविनाले एक मात्र महिला अध्यक्षको रेकर्ड तोडेकी हुन्
।
देशमा राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश समेत महिला भइरहदा नविनाको
आगमनले निकै अर्थ राख्ने विज्ञहरु बताउँछन् । यो समयमा संगठन सक्रिय हुने र
गति लिने विश्वास गरिएको छ ।
आइतबार राति सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी दिपक गौतमलाई २१६ मतले
हराउँदै नविना संगठनको २३ औं अध्यक्ष बनेकी हुन् । नविनाको जितमा एमाले
सचिव प्रदीप ज्ञवाली, नेता शंकर पोखरेल लगायतले बधाई तथा कार्यकाल सफलताको
शुभकामना व्यक्त गरेका छन् ।



0 comments
Write Down Your Responses