कोहलपुर महोत्सव ज्योती मगरले तताईन्


कोहलपुर, फागुन १०–

Jyoti Magar Pic
कोहलपुरमा जारी बाँके पर्यटन महोत्सवको पाँचौ दिन सोमबार हट गायिका ज्योती मगरले तताएकी छिन्, भने गायक बद्री पंगेनीले दर्शकलाई रुवाएका छन । हट गायिका ज्योतीले खुलेरै प्रस्तुती देखाईन् । निकै कामुक मुद्रामा प्रस्तुत भएकी ज्योतीले समय अनुसार परिवर्तन हुनुपर्ने भएकाले आफुले त्यस्तै प्रकारका गीत गाउने बताउँदै आफ्ना चर्चित गितबाट दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिईन् । निकै छोटो स्कर्टमा स्टेज उक्लिएकी उनले दर्शकदिर्घामै पुगेर गित सँगसँगै अंग प्रदर्शन गरेकी थिईन् । यस्तै अर्का गायक पंगेनीले जब गित गाउन सुरु गरे, दर्शकदिर्घामा रहेका महिलाका आँखा रसाउन थाले । उनले ‘यसपाली नि आउन पाउंदिन आमा’ भन्दै गित पस्केपछि अधिकाशं महिलाका आँखा रसाएका थिए । दर्शक दिर्घामै पुगेका गायक पंगेनीले बृद्ध आमाहरुसँगै बसेर केहीबेर गीत पस्केका थिए ।


महोत्सवमा सोमबार नै गायक भागिरथ चलाउने, हाँस्य कलाकारद्धय सुरेन्द्र के.सी (मुलाको साग) र शिवशंकर पौडेल (पानवाला) लगायतले पनि आफ्ना प्रस्तुती देखाए ।





, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News