बाँसगढी नगरपालीका स्तरिय थारु प्रम्परागत संगठनका अगुवा मटावाँ बरघरहरुको भेला आज लक्ष्मणपुरमा सम्पन्न

बाँसगढी नगरपालीका स्तरिय थारु प्रम्परागत संगठनका अगुवा मटावाँ बरघरहरुको भेला आज लक्ष्मणपुरमा सम्पन्न भएको छ । भेलामा समाजमा सामाजिक कार्य सञ्चालन गर्नको लागी प्रापुर्वकाल देखि नै बरघरहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै अव जिल्ला नगर र गाँउ स्तरमा समेत बरघरहरुले अगुवाई गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा बोल्ने बक्ताहरुले बरघरहरु कुनै पाटीको पछिनलागेर सबै पाटीको बरघर बन्नु पर्ने बताएका थिए । कार्यक्रममा व्यवस्थापिका संसद सदस्य श्यामप्रसाद ढकाल, बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्का, थारु कल्यानकारी सभा बर्दियाका अध्यक्ष गोबिन्द थारु, बर्दिया जिल्ला बरघर संघका अध्यक्ष रामसाँई थारु, बिभिन्न राजनितिक पाटीका प्रतिनिधीहरु, बिभिन्न गाँउका अगुवा बरघर, समाजसेबी, गुर्वावा एफएम बर्दियाका कार्यकारी निर्देशक एकराज चौधरी, एफएमका कर्मचारी लगायतको सहभागीता
रहेको थियो । 


प्राचिन आदिबासी समाज बर्दियाका अध्यक्ष फगुवा थारुकोअध्यक्षतामा भएको कार्यक्रम सञ्चालन रेडियो गुर्वावा एफएमका स्टेशन म्यानेजरपुष्पा चौधरीले गर्नु भएको थियो ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News