अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ समारोह सम्पन्न

विजय थापा ,वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरुलाई आज देवकोटा जयन्तिको अवसरमा वाशिंगटन डिसीको टाईसन् कर्नर स्थित मेरियट होटलमा पुरस्कार वितरण कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।
पुरस्कार बितरण गर्ने क्रममा अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१५ का प्रथम बिजेता दामोदर पुडासैनीको नमेटिएका चित्रहरु (यात्रा संस्मरण )लाई प्रदान गरिएको थियो भने वहालाई नगद १ हजार ५ सय डलरको साथै आजीवन सदस्य दिइएको थियो । यसै गरि भयवादका लागि पुरस्कार बिजेता देश सुब्बा हंग कंग लाई पनि पुरस्कृत गरिएको थियो ।
सर्बोत्कृष्ट पुस्तक पुरस्कारको लागि नेपाल, अस्ट्रेलिया, भारत ,क्यानडा र हंगकंगबाट नेपाली भाषामा मौलिक रुपमा लेखिएका र अनुबाद भएका ६७ बटा पुस्तकहरु परेका मध्ये २ दर्जन भन्दा ज्यादा साहित्यकारलाई पुरस्कार वितरण गरिएको थियो ।
समारोहमा पुरस्कार पाउनेहरुमा क्रमस सृजना शर्मा ,निलम कार्की “निहारिका “नारायण अधिकारी ,मोहन सिटौला , कुसुमाकर न्यौपाने(बिद्या वारिधि )नेपाल,गंगा लिगल ,गोविन्द सिंह रावत (क्यानाडा ) दिपा राई (बोस्टन) विजयध्वज थापा ,अमर त्यागि,राम प्रसाद सुबेदी ,अनिल चित्रकार ,सरू काली, ललिता दोषी ,राजेन्द्र सुबेदी , सि.पी.अर्याल / सुन्दर खनाल ,सानु घिमिरे तथा अन्यलाई बितरण गरिएको थियो ।
कार्यक्रम संचालन प्रकाश नेपालले गरेका थिए भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समितिकि अध्यक्ष सीता पाण्डेले पुस्तकलाई अध्ययन गरेर निर्णायकहरुले दिनु भएको समय र वहाहरुको योगदान बारेमा मुक्त कण्ठले प्रसंसा गरेकी थिइन् । पुरस्कार बिजेताहरुलाई बिशेष धन्यबाद दिदै प्रायोजकलाई पनि धन्यबाद दिएकी थिइन् । पाण्डेले मन्तब्य राख्दै हाम्रो संजाल बिश्व ब्यापी फैलिएकोमा गर्व गर्दै अनेसास एनआरएनए भन्दा पनि सशक्त छ भन्ने विचार राखेकी थिइन् ।
यस बर्षदेखि “अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार ” प्राप्त पुस्तकलाई अंग्रेजी भाषामा अनुबाद गर्ने व्यवस्था को सुरु गर्ने भएको छ । देवकोटा जयन्ति को अवसरमा स्थानीय कलाकार खेम संग्रौला तथा मंजु संग्रौलाले ईश्वर तैले रचेर पनि कसरी बिगारिस भन्ने भन्ने गीत प्रस्तुत गरेका थिए ।
होमनाथ सुबेदीले पुरस्कार बिजेताहरुका संक्षिप्त परिचय गरेका थिए । समय अभावको बाबजुद दामोदर पुडासैनी ‘किसोर “निलम कार्की “निहारिका ” तथा देश सुब्बाले पुस्तक बारेमा आफ्नो विचार राखेका थिए ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News