किन कालो भित्र? बाहिर त सेतो र राम्रो देखिन्छौ त!

किन कालोभित्र ?
बाहिर सेतो ,
हेर्दा राम्रो देखिन्छौ
धुर्तको भित्र नजानी सक्नु
बाहिर सोझो देखिन्छौ
भनन तिमी आफै को हौ?
असली रुप के होला ?
प्रधानमन्त्री मोदी ज्यु,
कति चाडै बिर्सियौ आम नेपालीले गरेको सम्मान र विश्वास । त्यति सम्मान हाम्रा राजनीतिज्ञहरूले कहिल्यै पाएका थिएनन । तिमीले पाएको नागरिक अभिनन्दन र जनतासंग भनेका भारत र गौतम बुद्धको जन्मभूमि देश नेपालको सम्बन्धित रोटीबेटी र बाबा पशुपतिनाथ संग गाँसिएको छ भनेर । अनि तिमीले त हाम्रा नेतालाई रृषिमन लिएर काम गर्नु पर्छ भनेका थियौ । हाम्रा नेताहरुले विश्वामित्र रृषि सम्झेर ताली बचाएको तिमीसंग त दुर्वासा रृषिको मन पो रहेछ ।
मोदी ज्यु !
यसो निहाल्न फुर्सद भय तिम्रो आफ्नै जन्म र कर्म थलो गुजरातको आरक्षणको मागचाहिं साम्प्रदायिक हुने हाम्रा मधेसका कतिपय मागचाहिं साम्प्रदायिक छैनन त ? तिमीलाई तिम्रै देशका पत्रकार, साहित्यकार, विज्ञ, कलाकार, राजनीतिक कर्मी असहिष्णु भन्छन नि तिमीलाई किन? उनीहरूले पाएका सम्मान र पुरस्कार धमाधम फर्काईदिने छन तिमीलाई नै । के भएको हो तिम्रो भारतमा प्रधानमन्त्री ज्यु ? पहिले आफ्नै मुलुक सम्हाल ।
अनि छिमेकलाई अर्ति बुद्धि दिने काम गर ।तिमी आफ्नो असहिष्णुताको रौद्ररूप न देखाउ हामी शालीन नेपालीलाई । हामी नेपालीले आफ्नो संविधान आफैं बनाउँदा तिम्रो टाउको चैँ किन दुख्ने? असल छिमेकी त सुख दुखमा साथ दिने पो हुन्छन । तर भूईंचालोले थिलथिलो पारेको हामीलाई त झन दुख दिने का पो गर्यो तिम्रो ऋषिमनले । नाकाबन्दी गरेर तिमीले के पायेो?
निशा अर्याल
हाल, इजरायल

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News