संगीतकार रत्नबहादुर खड्गी अबबाट यो सँसारमा रहेनन्
काठमाडौं । संगीतकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ । एक हजार भन्दा बढी गीतमा संगीत दिएका खड्गीको उपचारको क्रममा निधन भएको हो ।
पुरानादेखि नयाँ पुस्ताका गीतमासमेत संगीत दिएका खड्गीले एकसय बढी गीतमा स्वर दिएका छन् । त्यस्तै एक दर्जन गीतको शब्द समेत लेखेका छन् ।
उनलाई नजिकवाट चिन्ने गीतकार महेश आचार्यका अनुसार खड्गीको निधनले नेपाली संगीतमा अपुरणीय क्षति पुगेका छ । बिसं २०१० सालमा रेडियो नेपालमा गीत गाएर सांगीतिक जीवन सुरु गरेका खड्की पछिल्लो समय आफ्नै लगानीमा ‘मेरो यात्रा’ गीति एल्बमको तयारीमा थिए ।
0 comments
Write Down Your Responses