नेपालगंजमा बैशाख १ गते झण्डा महोत्सव हुने

नेपालगंज / आगामी २०७३ बैशाख १ गते नेपालगंजमा झण्डा महोत्सव गरिने भएको छ । अन्तरालको व्यवस्थापनमा गरिने उक्त महोत्सवको आयोजनामा नेपालगंजका विभिन्न सामाजिक सस्थाहरुको सहकार्य गर्दैछन् । नेपालगंज रंगशालामा आयोजना हुने उक्त कार्यक्रममा राष्ट्रगानका रचनाकार ब्याकुल माइला विशिष्ट अतिथीको रुपमा सहभागी हुन आउनु हुने भएको छ । राष्ट्रिय झण्डा दिवश र नव वर्षको अवसर पारेर आयोजनागर्न लागिएको यस झण्डा महोत्सवको मुल नारा ‘सामाजिक सद्भाव, शान्ति र एकताकालागि’ रहेको छ ।

नेपालीहरुवीच भाइचारा, आत्मियता अनि आपसी सद्भाव र एकताको भावना अझ अभिवृद्धी गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय भण्डा नै हामी नेपालीहरुको एकताको प्रतिक हो भन्ने कुरा विश्वव्यापी गर्नु कार्यक्रमको लक्ष्य रहेको छ । ‘सयौँ थुङ्गा फुलका हामी, एउटै माला नेपाली ’ यो राष्ट्रगान ले हामा्रे एकतालाई अझ सुदृढ वनाएको छ । आम नेपालीलाई राष्ट्र, राष्ट्रियता र सार्वभौमिकता प्रति अझ जागरुक गराउन आयोजित यस कार्यक्रममा व्यापक जनसहभागीता लागि सवैलाई आह्वान गरिएको छ । महोत्सवमा राष्ट्रिय भण्डा सहितका झाँकीहरु र स्वदेश गानमा सांस्कृतिक प्रस्तुतीहरु रहने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले वताए ।



सेलिब्रिटी खबर

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News