बाँसगढीमा रहेको केदारेश्वर धामको तेस्रो माहायज्ञ श्रृङ्खला उद्घाटन, फोटो फीचर सहित

क्षितिज पौडेल,बाँसगढी,फाल्गुन १५

ब्यवस्थापिका संसदका सदस्य तथा बर्दिया क्षेत्र नं १ का सभासद निर्मल प्रकाश शुवेदीले केदारेश्वर धाम फुलपाति चढाउने मात्र धाम नभएर समास्टीगत सँस्कृति चिनारीको रुपमा रहेको बताउनु भएको छ । शनिबार आयोजित बाँसगढि नगरपालिकामा रहेको ऊँ केदारेश्वर धाम ट्रस्ट शिवपञ्चायतन  धनधान्याञ्चल       बिराट  सङ्गितमय ज्ञान महायज्ञ तेस्रो श्रृङ्खलाको उट्घाटन सत्रमा प्रमुख अतिथीको आसन बाट बोल्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

   उहाँले यस धाम पनि संबिधानको अंगको रुपमा रहेको बताउदै धामको बिकासको लागी राज्य बाट    ट्रस्टको   निमित्त गर्नु पर्ने सबै कार्यहरु गर्न आँफु पछाडी नहट्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । ब्यवास्थापिका संसद सदस्य  तथा बाँके क्षेत्र नं.४ ने क पा एमालेका प्रत्यक्ष निर्वाचित सभासद दल बहादुर सुनारले बिशेष अतिथीको आसन बाट बोल्दै बाँसगढीमा रहेको  ऊँ केदारेश्वर धाम ट्रस्टका निमित्त पर्यटन मन्त्रालय बाट केही रकम हाल्न नसके आँफु बार्दियामा नै पाईला नटेक्ने बताउनु भएको छ ।पुर्ब सिचाइ राज्य मन्त्रि समेत रहनु भयका सुनारले यो क्षेत्रलाई चिनाउने सम्पत्तिको रुपमा भबिष्यमा यस धाम रहने बताउदै तत्काल ११ सय रुपिया दान गरी पुन थप ५१ हजार १ सय रुपिया दान गर्ने समेत बताउनुभयोमहायज्ञ फाल्गुन २५ गते सम्म चल्ने र पण्डित देबेन्द्र सुबेदिले र कृष्ण गोपाल पाण्डेले बाचन गर्नु हुने भएको छ । महायज्ञको उत्घाटन सत्रमा स्थानीय बासी राजनितिक दल , लगायत बिद्यार्थीहरुले पँन्चे बाजागाजा सहितको कलस यात्रा गरी बाँसगढी बजारको परिक्रमा गरेका थिए ।

      कार्यक्रम ऊँ केदारेश्वर धाम ट्रस्टका अध्यक्ष लिलाधर शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । 

-------------------------------------------------------------------------------

------------------------------------

-------------------------------------

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News