बाँके का पत्रकारलाइ ज्यान मार्ने धम्की

समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँकेका कार्य समिति सदस्य तथा दैनिक नेपालगन्जका संवाददाता समेत रहेका दीक्षितलाई भौतिक आक्रमणको धम्की आएको प्रति महासंघ बाँकेको गम्भीर ध्यानाकर्षण भएको सचिव तिलक गाउँले द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
शाखा कार्यसमिति सदस्य दिक्षितले दिएको जानकारी अनुसार मटेहिया–६ बस्ने मुस्तफा शेषले मटेहिया–५क कित्ता नं.२९० को जग्गामा रहेको आँपको पुरानो रुखलाई मटेहिया–५ कै ठेकेदार बच्छराज भन्ने रामचरण यादवले विना कुनै जानकारी तथा सहमति नलिएर कटान गरेको विषयमा समाचार प्रकाशित भएको सोही विषयलाई लिएर निज ठेकेदार बच्छराज भन्ने रामचरण यादवले मोबाइल नं.९८६८३६६२३७ बाट दिक्षितको मोबाइलमा धम्की दिएका हुन् ।
फोन गरी विभिन्न अपशब्द प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको प्रति महासंघ बाँके घोर आपत्ति जनाएको छ । समाचारमा चित्त नबुझे त्यस विषयमा सम्बन्धित पक्षसंग आफ्नो कुरा राख्ने र त्यसमा पनि आफ्नो चित्त नबुझे प्रहरी प्रशासन तथा न्यायालय सम्म जान सक्ने बाटो प्रसस्तै हुँदाहुँदै समाचारको विषयलाई लिएर सञ्चारकर्मीलाई नै अपशब्द बोल्दै ज्यानमार्ने धम्कीदिनु गम्भीर कुरा भएको विज्ञप्तीमा उल्लेख छ ।
बुधवार जारी भएको महासंघको विज्ञप्तीमा ज्यान मार्ने धम्की दिने यादवलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाउन माग गरिएको छ । यसैबिच प्रेस चौतारी नेपाल बा“केले आफ्ना शाखा सदस्य एवं नेपाल पत्रकार महासंघ बा“केका कार्य समिति सदस्य दिक्षितलाई आएको धम्की प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पीडितको पक्षमा कलम चलाउ“दा पत्रकार माथि उल्टो भौतिक आक्रमणको धम्की दिने कार्यको जति नै निन्दा गरे पनि कमै हुने भन्दै यस्ता प्रबृतिहरु समाजमा मौलाउ“दो दण्डहिनताको उपज भएको चौतारीको ठहर छ ।
चौतारीका सचिव कमल डाँगीले जारी गरेको विज्ञप्तीमा समाचारमा चित्त नबुझे त्यस विषयमा सम्बन्धित पक्षसंग आफ्नो कुरा राख्ने र त्यसमा पनि आफ्नो चित्त नबुझे प्रेस काउन्सिलसम्म जाने बाटो प्रसस्तै हु“दाहु“दै भौतिक आक्रमणको धम्की आउनु गम्भीर भएको भन्दै ठेकेदार यादवलाई तत्काल कारवाहीको माग गरिएको छ । साथै क्रान्तिकारी पत्रकार संघ बाँकेका सचिव केशव रानाले समेत विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेका छन् । जारी विज्ञप्तीमा दोषीलाई कडा कारवाहीको माग गरिएको छ ।
धम्कीका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गरिएको पत्रकार दीक्षितले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी भिम किरण बोगटीले ठेकेदार यादवलाई आज विहिवार झिकाइने बताएका छन् ।
0 comments
Write Down Your Responses