हिरासतबाटै हत्यारा भागेपछि फेला पार्नेलाई पुरस्कार दिने प्रहरी घोषणा
बर्दिया, चैत ३ – प्रहरीले हत्यारा फेला पार्नेलाई पुरस्कारको घोषणा गरेको छ
। हत्या अभियोगमा हिरासतमै भएका कैदी फरार भएपछि प्रहरीले फेला पार्ने वा
सूचना दिने व्यक्तिलाई पुरस्कारको घोषणा गरेको हो ।
हत्या अभियोगमा पक्राउ परेका बर्दिया
ठाकुरद्धारा–४ सुतैयाका २३ वर्षका टोपे भनिने अजिव वुढा क्षेत्री अदालतको
शौचालयबाट भागेको ४ दिन हुँदा समेत प्रहरीले फेला पार्न सकेको छैन ।
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी अजिव
बुढा क्षेत्रीलाई फेला पार्नुहुने वा सहि सूचना दिनेलाई उचित पुरस्कारको
घोषणा गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले चोकचौकमा फोटोसहित सूचना
टाँस गरेको छ ।
गहुँगोरो, ५ फिट ४ इन्च उचाई, बाँया हातको
बिचको औँलाको नङ्ग फुटेको, ४ वटा वटन भएको टिसर्ट र आर्मी कम्ब्याट जस्तो
पाइन्ट लगाएको फरार अभियुक्तलाई कहीँ कतै देखेमा प्रहरीमा खबर गरीदिन
जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गर्दै पुरस्कारको घोषणा गरेको हो
।
चैत १ गते बिहान ठाकुरद्धारा सुतैयाका
वासिन्दाले हत्याका अभियुक्तलाई पक्राउ गर्नुपर्ने, सुतैया गाउँवासीलाई
सुरक्षा दिनुपर्ने भन्दै नारा जुलुससहित ठाकुरद्धारा प्रहरी चौकी घेराउ गरी
ज्ञापनपत्र बुझाएपछी रातदिन ठाकुरद्धारा गाविसमा व्यापक प्रहरी तैनाथ
गरीएको छ । ‘अभियुक्तलाई दिनरात खोजी गरीरहेका छौँ, गाउँमै देखा परेको
सूचनाका आधारमा बर्दिया प्रहरी प्रमुख एसपी भोजजंग शाहको टोलीसहित सुतैया
गाउँमा परिचालित छ’ डिएसपी नेत्रमणि गिरीले भन्नुभयो ।
बर्दिया ठाकुरद्धारा-४ सुतैयाका ६९ वर्षका
जोरे थापाको गएको फागुन ५ गते धारीलो हतियार प्रहार गरी हत्या गरेको
अभियोगमा पक्राउ परेका ठाकुरद्धारा–४ सुतैयाका टोपे भनिने अजिव बुढा जिल्ला
अदालतको शौचालयबाट गएको फागुन ३० गते दिउँसो फरार भएका थिए । बर्दिया
जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा उनी शौचालयको भेन्टीलेसनबाट
भागेको प्रहरीले जनाएको छ । फरार भएको ३० गते रातिदेखि सुतैया गाउँवासी
त्रसित छन् । गाउँमा सुरक्षा व्यवस्था बढाइएको छ ।
प्रहरी प्रशासनको लापरवाहीका कारण हत्याका
अभियुक्त अदालतबाटै फरार भएको भन्दै स्थानिय बासिन्दाले अभियुक्तलाई
तुरुन्त पक्राउ गर्न र गाउँमा सुरक्षा दिन माग गरेका छन् भनेर उज्यालो आनलाईन माँ प्रकासित छ ।
साभार : उज्यालो अनलाइन डटकम'
0 comments
Write Down Your Responses