बर्दिया को कलिका गा बि स लाइ साक्षर गा बि स घोषणा

प्रकासित चैत्र ३  
बिकासको पुर्वाधार साक्षरता मुल आधार भन्ने नारासहित कालिका गा.बि.स.लाई आज साक्षर गा.बि.स. घोषण गरीएको छ ।  १८ हजार ५ सय ६ जनाको जनसंख्या भएको कालिकामा ७ हजार १सय ९ महिला र ७ हजार ३ सय ५५ जना पुरुष गरी १४ हजार ४ सय ६४ जना साक्षर भई ९७ .५४ प्रतिशत साक्षर भएकोले कालिका गा.बि.स. लाई साक्षर गा.बि.स. घोषणा गरीएको हो ।


कालिका गा.बि.स.का सचिब एवं गाउँ शिक्षा समितिका अध्यक्ष बासुदेब अधिकारीको अध्यक्षतामा तथा ब्यस्थापिक संसद सदस्य निर्मल प्रकास सुबेदीको प्रमुख आथित्यमा सम्पन्न  घोषणा सभामा गाउँ शिक्षा समितिका सचिब भक्तिसागर रेग्मीले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । घोषणा सभाका प्रमुख अतिथि रहनु भएका ब्यबस्थापिका संसदका सदस्य सुबेदीले गाउँ शिक्षा समिति कालिकाका  अध्यक्ष तथा गा.बि.स सचिब बासुदेब अधिकारीलाई साक्षर गा.बि.स. भएको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । 

पढौ लेखौ साक्षर बनौ , साक्षरता अभियान कालिकाको पहिचान, छोरा छोरी दुबै बराबरी ,सबै बाल बालिकालाई बिद्यालय पठाऔ  भन्ने  प्लेकार्ड र ब्यानर सहित सामुदायिक तथा निजी बिद्यालयका झण्डै ५ सय बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।   भगवती सस्कृत तथा साधारण मा.बि. तिलकाना बर्दियाका प्र.अ. राजेन्द्र सिह एल.सी.ले स्वागत गर्नु भएको कार्यक्रममा कार्यक्रमका बिशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा ,बिशेष अथिति स्थानिय बिकास अधिकारी तेजराज शर्मा, जिल्ला शिक्षा अधिकारी जित बहादुर शाह , स्थानिय राजनितिक दलका प्रतिनिधि, पेशागत संघ संगठनका प्रमुख , बिद्यालय ब्यबस्थापनका अध्यक्ष , शिक्षक , बिद्यार्थी समाज सेबी लगाएतले आआफ्नो धारारणा राख्नु भएको थियो । 

स्थानिय सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी , शिक्षक , बिद्यार्थी समाज सेबी लगातको सहभागिता रहेको घोषणा सभामा बिबिन्न बिद्यालयका छात्र छात्रा हरुले सन्देश मुलक कला सस्कृती समेत प्रदर्शन गरेका थिए । कालिका गा.बि.स. साक्षर हुने गा.बि.स.मा १० आौ गा.बि.स.र समग्र जिल्लामा १३ औ गा.बि.स. भएकोे छ ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News