'संविधानमा अङ्गीकृत नागरिकता दिने व्यवस्था गलत'

देश बन्धक राख्नेहरु सरकार फेर्ने चलखेलमा
भक्तपुर- उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा जग्गेबाटै अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिनु गलत भएको बताएका छन् ।

आज रफत् सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको कम्तीमा पनि सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने बताए ।

विवाह गरेकै दिन जग्गेबाटै अङ्गीकृत नागरिकता पाउने व्यवस्था संविधानले गर्नु गलत छु, उनले भने, यसले विदेशी नागरिकको सङ्ख्या बढ्ने र राष्ट्रियता माथि सङ्कट आउन सक्छ ।

देशलाई खण्डखण्ड पार्न विदेशीको चलखेल बढिरहेका अवस्थामा यसप्रकारको नागरिकताले थप सङ्कट पार्नसक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो ।

उपप्रधानमन्त्री केसीले विदेशमा रहेका नेपाली नागरिकले मताधिकारको व्यवस्था संविधानमा हुन नसक्नु दुःखद भएको टिप्पणी गरे ।

देशमा रोजगार नपाएर विदेश जान बाध्य नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्छु, उनले भने, उनीहरुले कमाएर पठाएको पैसा देशलाई मान्य हुने तर मत मान्य नहुने यो कस्तो व्यवस्था, यो त्रुटीलाई संविधानमा सच्याउनुपर्छ ।

भूगोल र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा अरुको दबाबमा संविधान संशोधन गरेर जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था हुन गलत भएको बताए ।

पाँच दिनपछि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा पारवाहन, व्यापारलगायत नेपालका लागि हित हुने कुरामा सम्झौता गरेर एउटै देशमाथिको परनिर्भरताको अन्त्य गर्ने बताए ।

सरकार परिवर्तनको खेल सुरु हुनु नौलो कुरा नभएको टिप्पणी उपप्रधानमन्त्री केसीले गरे । छिमेकीको चाहना विपरीत बनेको वर्तमान सरकारबाट आफ्नो चाहना पूरा नहुने भएपछि छिमेकीकै इसारामा केही तत्व देशको स्वाभिमानलाई बन्धक राख्दै सरकार परिवर्तनको हल्ला चलाइरहेका छन्, यो नौलो कुरा होइनु, उनले भने । रासस

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News