बलिउड अभिनेता आमिर खान सोमवारबाट ५१ बर्षमा
कुनै वेला युवतिहरुका विचमा निकै लोकप्रिय आमिर करिअरको सुरुवातमा चकलेटी हिरोको रुपमा परिचित थिए । आमिरले प्राय वर्षमा एउटा मात्रै फिल्ममा काम गरे । त्यसकारण पनि उनको हरेक फिल्म प्रतिक्षायोग्य हुन्थ्यो ।
अन्य नायकको तुलनामा फरक छबी भएकै कारण भारत सरकारले अतुल्य भारत अभियान अन्तर्गत देशको छबी उच्च बनाउन भन्दै उनलाई अनुबन्ध गरेको थियो । तर, असहिष्णुताको विषयमा टिप्पणी गरेपछि मोदी सरकारले अतुल्य भारत अभियानवाट हटाएको छ ।
आमिर अभिनयको साथै फिल्म निर्माणरनिर्देशनमा पनि सक्रिय छन् । आज उनी जति सफल मानिन्छन् । यस किसिमको सफलता पाउन उनले कम्ति संघर्ष गरेका छैनन् ।
आमिरले सन १९७३ मा ‘यादोँ कि बारात’ मा बालकलाकारको रुपमा डेब्यु गरेका थिए । त्यसपछि सन १९८४ मा होलीमा नायक बने तर, चर्चा दिलाउने काम कयामत से कयामतले गर्यो । यहि फिल्मवाट सर्वश्रेष्ठ नवनायकको अवार्ड पाएका थिए ।
सन १९९६ मा बनको ‘राजा हिन्दुस्तानी’ उनको करिअरको सबै भन्दा महत्वपूर्ण फिल्म मानिन्छ । यहि फिल्मवाट उने सर्वश्रेष्ठ अभिनेताको रुपमा फिल्मफेयर अवार्ड पाए ।
आमिरले सन २००१ मा आमिर खान प्रोडक्सन नामको फिल्म कम्पनि सुरु गरे । यहि ब्यानरवाट लगान बनाए । त्यसपछि तारे जमीन पर, पीपली लाइभ, धोबी घाट, डेल्ही बैबी, तलास जस्ता फिल्म बनाए । जुन फिल्म ब्यबसायिक रुपमा सफल भयो ।
सन २०१२ मा टेलिभिजन कार्यक्रम ‘सत्यमेव जायते’ बनाए । यहि कार्यक्रम मार्फत सामाजिक मुद्दालाई मिहिन ढंगले उठाए ।
विवादवाटै टाढै रहने आमिर असहिष्णुताका विषयमा टिप्पणी गरेपछि बढी नै विवादित भए ।
सन १९८६ मा उनले रिना दत्तसँग विवाह गरेका थिए । सन २००२ मा उनको सम्बन्ध बिच्छेद भयो । सन २००५ मा उनले किरणसँग विवाह गरेका थिए ।
0 comments
Write Down Your Responses