सामाजिक जवाफदेहिता तालिम सम्पन्न

12476167_1170554872978543_241160563_n
प्रकासित चैत्र ३ नेपालगञ्ज
 मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस)ले बाँकेको टिटिहिरिया गाविसमा सामाजिक जवाफदेहिता तालिम सम्पन्न गरेको छ । सार्वजनिक वित्त व्यवस्थापन परियोजना अन्र्तरगत सञ्चालित तालिममा लैंङ्गिक समता तथा सामाजिक समावेशीता, सूचनाको हक, सहभागितामूलक योजना तथा बजेट निर्माण, बजेट साक्षरता, लैंङ्गिक तथा गरिवमुखी बजेट निर्माणका विषयमा गाविसस्थित वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र र एकिकृत योजना निर्माण समितिका पदाधिकारीलाई तालिम प्रदान गरिएको हो ।

सार्वजनिक बजेट के हो रु सार्वजनिक बजेटको आम्दानी खर्च प्रक्रिया, योजना तर्जुमाका १४ चरणहरु, सार्वजनिक बजेटको चक्र, बजेट निर्माण, विनियोजन, खर्च तथा फच्र्यौट लगायतका विषयमा हरप्लेसका कार्यक्रम संयोजक बामदेव पोख्रेल र राष्ट्रिय युवा परिसदका बाँके शाखाका अध्क्षय सोम गुरुंगले सहजिकरण गरेका थिए ।
12071744_1170555182978512_1123225995_n
लविभिन्न समितिमा रहि काम गरि रहेका भए पनि सबै प्रक्रियाका बारेमा स्पष्ट नहुँदा समस्या सिर्जना भएको भन्दै तालिमले योजना तर्जुमा र बजेट विनियोजन तथा खर्चका बारेमा स्पष्ट भयको तालिम पश्चात वडा नागरिक मंचका सदस्य सोनु बिक र भगन थारु लगायत अन्य सहभागीहरुले बताएका छन् ।तालिममा समापन गर्दै टिटिहिरिया गाविस सचिव तप्तराज आचार्यले कार्यक्रमको प्रशन्सा गर्दै यस्ता कार्यक्रम वडा केन्द्रित पनि आवश्यक भएको कुरा जानकारी गराउदै कार्यक्रम समापन गर्नु भएको थियो । तालिममा गाविसका कर्मचारी सहित ४० जनाको सहभागिता रहेको थियो ।

सेलिब्रिटी खबर

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News