प्रेमीकालाई भेट्न गएका मसुरो खेतमा मृत अबस्थामा भेटिए
कलैया । बाराको कलैयामा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकामा उनकी प्रेमिकासहित चार जना पक्राउ गरेका छन् ।
कलैया नगरपालिका-६ का २६ बर्षीय सन्तोषप्रसाद साह स्थानीय युवतीसँग प्रेममा परेका थिए ।
तर, गत शुक्रबार केटीको परिवारले अर्कै केटासँग निधो गर्दै टिकोटालो गरे ।
तर, गत शुक्रबार केटीको परिवारले अर्कै केटासँग निधो गर्दै टिकोटालो गरे ।
आफूले मन पराएकी युवतीको अर्कै युवकसँग बिहे हुन लागेको खबर पाएपछि सन्तोष बुधबार राति केटीको घर पुगेका थिए ।
तर, बिहिबार बिहान युवतीको घर नजिकैको
मसुरो खेतमा हत्या गरिएको अवस्थामा उनको शव भेटिएको बाराका प्रहरी नायव
उपरिक्षक एवं प्रवक्ता बिनोद शर्माले बताए ।
प्रवक्ता शर्माले भने, ‘प्रेमिका भेट्न गएका प्रेमीको हत्या गरेको अवस्थामा शव भेटिएको छ ।’
प्रहरीले साहकी प्रेमिकासहित चार जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
प्रहरीले साहकी प्रेमिकासहित चार जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
उनीहरुले आफ्नो आपराध स्वीकार गरिसकेको प्रवक्ता शर्माले बताए ।
यसअघि फागुनको दोस्रो हप्ता रौतहटबाट प्रेमिका भेट्न बारा आएका एक युवकको हत्या भएको थियो
यसअघि फागुनको दोस्रो हप्ता रौतहटबाट प्रेमिका भेट्न बारा आएका एक युवकको हत्या भएको थियो
0 comments
Write Down Your Responses