गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै भारतीय मन्त्रीले गरे बुद्ध सँग्राहलयको उदघाटन
सिद्धार्थनगर (भारत) । शान्तिका अग्रदुत
गौतम बुद्ध नेपाल जन्मिएकोमा दुईमत नरहे पनि भारतले भ्रम फैलाउने काम जारी
राखेको छ । यसैको पछिल्लो कडीका रुपमा जन्माइएको छ नक्कली कपिलवस्तु ।
बुद्धका बाबु शुद्धोधनको दरबारको
भग्नावशेष भेटिएको भन्दै भारतको युपीमा नक्कली कपिलवस्तु निर्माण गरिएको हो
। जबकि बुद्धको जन्म नेपालको रुपन्देहीस्थित लुम्बिनीमा भएको थियो भने
शुद्धोधनको दरवार नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा पर्छ ।
नक्कली प्रमाणमा आधारित कपिलवस्तु
संग्रहालयको शुक्रबार उद्घाटन गरिएको छ । भारतीय पुरातत्व सर्वेक्षण लखनउ
मण्डलले आयोजना गरेको उद्घाटन समारोहलाई भारतीय पर्यटन, संस्कृति तथा
नागरिक उड्ययनमन्त्री डा. महेश शर्माले संवोधन गरेका थिए । उनले बुद्धको
जन्मस्थल र कार्यस्थल भारतको कपिलवस्तुस्थित पिपरहवा र गनवरिया रहेको दावी
गरे । शर्माले भने, ‘यो क्षेत्र शाक्यवंशका राजाहरुको अधिनमा थियो । राजा
शुद्धोधन र रानी महामायाले यहाँ राज्य गरेका थिए ।’
उनले बुद्धले आफ्नो २९ वर्ष पिपरहवामा र
गनवरियामा बिताएको बताए । सन्यासी जीवन बिताउन तथा मानवलाई प्रेरणा दिन
यहाँबाट पछि अन्तै गएको उनको भनाइ थियो । शर्माले बुद्धसँग सम्वन्धित ८
स्थानहरु मध्ये ७ वटा भारतमा रहेको र त्यसमध्ये पनि ४ वटा उत्तर प्रदेश
राज्यमा रहेको दाबी गरे ।
मन्त्री शर्माका अनुसार बुद्धको जन्मस्थल
पिपरहवा र गनवरियाका विकासका लागि सरकारले १ अर्ब ७० करोड भारतीय रुपैयाँ
विनियोजन समेत गरेको छ । ‘पहिलो सुरुवात संग्रहालयबाट भइसकेको छ र अब
बुद्धको नाममा थिम पार्क लगायत पर्यटकीय आकर्षणका वस्तुहरु निर्माण
गरिनेछन्,’ उनले भने ।
कार्यक्रमलाई सम्वोधन गर्दै भारतीय जनता
पार्टीका सांसद जगदम्बिका पालले पनि गौतम बुद्ध भारतको जन्मिएको दाबी गरे ।
उनले बुद्ध कपिलवस्तुको पिपरहवामा जन्मिएको तथा बाल्यकाल पिपरहवा र
गनवरिया क्षेत्रमा बिताएको उनको भनाइ थियो
0 comments
Write Down Your Responses