'जेलमा मलाई गधाले पनि नखाने खाना दिइन्थ्यो'
करिब एक महिनाअघि जेलबाट रिहा भएका बलिउड अभिनेता सञ्जय दत्तले हालै जेलका आफ्ना भोगाईहरु भारतीय सञ्चारमाध्यमसँग साटेका छन्। अवैधानिक हतियार राखेका कारण जेल परेका सञ्जयको जेल भोगाई यस्तो छ।
सुरक्षाका कारण मलाई एक्लै राखिएको थियो। प्रत्येक बिहान ६ बजे उठ्थेँ र परिवारलाई सम्झेर रुन्थेँ। केही शारीरिक कसरतपछि नुहाइधुवाई गरेर शिव पुराण, गणेश पुराण, महाभारत, भागवद्गीता र रामायण पाठ गर्थेें। अर्थात् म त पूर्णरुपले पण्डित बनेको थिएँ।
एक वर्षसम्म मैले चनाको दाल खाएँ। त्यहाँ खानाको रुपमा सब्जी र ‘राजगिरा’ दिइन्थ्यो। त्यो चिज मैले जेलमै पुगेर सुनेको र खाएको थिएँ। त्यहाँको खाना यस्तो थियो कि बाख्रा, गोरु या गधालाई दिँदा पनि खान्थेन होला।
फिट रहनका लागि दुई घण्टा दौडन्थेँ। जेलमा बस्दा मेरो तौल १०० किलो पुगिसकेको थियो। पेट बढेर हैरान थिएँ। त्यसैले विशेष कसरत गर्थें। अहिले बाहिर आइसकेपछि त धेरै कम भइसकेको छ।
बहिर धेरैलाई मलाई भिआइपि व्यवहार गरिन्छ भन्ने लागेको थियो होला तर मलाई साह्रै नराम्रो व्यवहार गरिन्थ्यो। यस्तो लाग्थ्यो कि म अंग्रेजको दौडमा आएको छु।
मलाई अन्डरवल्र्डका मानिससँग कुरा गर्न दबाब दिइन्थ्यो। आफ्नो बोलीले काम बनोस् भनेर को चाहँदैन होला र ? मलाई यसैको प्रेसर थियो।
setopati
0 comments
Write Down Your Responses