स्मार्टफोनमा यसकारण टिक्दैन ब्याट्री
कहिलेकाहीँ स्मार्टफोनको ब्याट्री बिग्रिएर मात्र होइन की हाम्रो स्मार्टफोन चलाउने तरिका नमिल्दा पनि ब्याट्रीको चार्ज स्वात्तै सकिने गरेको हुन्छ । त्यसैले फोन प्रयोगको तरिका बदल्नाले तपाइँ आफ्नो ब्याट्रीमा सुधार ल्याउन सक्नुहुन्छ ।
स्मार्टफोनमा इन्टरनेट चलाउँदा हामीले जुन डाटा प्रयोग गरिरहेका हुन्छौँ त्यसको फाइदा चुपचाप विज्ञापनदाता कम्पनीहरुले पनि उठाइरहेका हुन्छन् ।
जब तपाइँ कुनै एप निशुल्क डाउनलोड गर्नुहुन्छ त्यसबेला एपसँगै आउने विज्ञापन पनि देख्नै पर्नेहुन्छ । यो त्यस्तो विज्ञापन हो जसले तपाइँको डाटा प्रयोग गरेर स्मार्टफोनमा डाउनलोड हुन्छ ।
जति जति स्मार्टफोनमा यस्ता विज्ञापनहरुको संख्या बढिरहेको छ विज्ञापन ब्लक गर्ने खालका सफ्टवेयरको प्रयोग पनि बढिरहेको छ ।
यदि तपाइँ विज्ञापन ब्लक गर्ने एप डाउनलोड गर्नुभयो भने मोबाइलमा इन्टरनेट चलाउँदा डाटाको खपत कम हुने मात्र होइन स्मार्टफोनको ब्याट्री पनि पहिले भन्दा धेरै खप्नेछ ।
दी वायरकटर को एक रिपोर्ट अनुसार विज्ञापन ब्लक गर्ने सफ्टवेयरको प्रयोगबाट स्मार्टफोनको ब्याट्री प्रभावकारी रुपमा बचत गर्न सकिन्छ । उक्त रिपोर्टमा एन्ड्रोइड तथा आइफोनमा यस्ता सफ्टवेयर डाउनलोड गर्नुभन्दा पहिले तथा डाउनलोड गरिसकेपछिको ब्याट्रीको अवस्थाको विषयमा विश्लेषण गरिएको छ ।
यदि तपाइँले लामो समयसम्म मोबाइल चलाएर बिताउनुहुन्छ भने यस्ता सफ्टवेयरको प्रयोग निकै लाभदायी हुनेछ र यसले तपाइँको स्मार्टफोनको ब्याट्रीको चार्ज खपाउनमा निकै ठूलो सहयोग गर्नेछ । विज्ञापन ब्लक गर्ने सफ्वेयर प्रयोग गरेर इन्टरनेट चलाउँदा ब्याट्री खपत ५० प्रतिशतले कमी आएको अध्ययनको निष्कर्ष छ ।
विज्ञापन ब्लक गर्ने एपहरुका विषयमा आजकल अनलाइन दुनियामा निकै बहस चलिरहको छ । यस्ता खाले एपहरुको प्रयोग भैसकेपछि राम्रो खाले वा पठनीय सामाग्रीहरुबाट समेत विज्ञापन दाताले राम्रो कमाइ गर्नबाट बञ्चित हुनुपरेको छ ।
बीबीसी
0 comments
Write Down Your Responses