बांसगढीमा रहेको केदारेश्वर धामको तिन बर्ष पछि कार्यसमिति चयन ।।

तिन बर्ष पछि ऊँ केदारेश्वर धाम(ट्रष्ट)को लिलाधर शर्माको अध्यक्षतामा २४ सदसिय नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमिति गठनको लागी तिन पटक औचारिक कार्यक्रम गरिए पनि गणपुरक संख्या नपुगेको भन्दै गठन हुन नसकेको र शनिवार भएको धामको प्रथम साधारणबाट समिति चयन गरिएको हो । नयाँ गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण बास्तोला, उपाध्यक्षमा शिबकुमारी सापकोटा, उपाध्यक्षमा रामकृष्ण पौडेल, महासचिवमा कृष्णबहादुर रावतलाई चयन गरिएको छ । त्यस्तै सचिवमा बिष्णु पौडेल, कोषाध्यक्षमा रामचन्द्र लामिछाने, सदस्यहरुमा तुल्सी प्रसाद उपाध्याय, मनिराम शर्मा, मञ्जु काफले, फगुवा थारु लगायत १३ जना सदस्यहरु र ४ जना मनोनित गर्ने गरी २४ सदसिय कार्यसमिति गनठ गरिएको हो । निर्वाचन समितिका संयोजक नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको घोषणा कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य फणेन्द्रप्रसास ढुंगानाले गरेका थिए । हालसम्म लिलाधर शर्माकै अध्यक्षतामा गठित तदर्थ समितीले कार्य गरिरहेको थियो ।
प्रथम बाषिक साधारण सभा सम्पन्न ।।
बर्दिया बाँसगढीको हाउपुरमा निमाणाधिन ऊँ केदारेश्वर धाम(ट्रष्ट) को प्रथम बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । धामको प्रथम साधारण सभाको उदघाटन सत्रमा १ करोड २९ लाख ४७ हजार ७ सय ८२ कुल आम्दानी १ करोड २३ लाख ५३ हजार ३ सय रुपैया खर्च सहितको आर्थिक प्रतिबेदन आर्थिक समितिका तर्फबाट रामचन्द्र लामिछानेले प्रस्तुत गरेका थिए । साधारण सभामा धार्मिक महायज्ञबाट बाट नगद १ करोड २० लाख ७० हजार ४ सय ९८ रुपैया संकलन भएको छ र ७४ लाख भन्दा बढी दाताहरुले बोलेको रकम उठन बाँकी रहेको जनाईएको छ । साधारण सभामा कैलास मार्ग निमार्ण समितिको प्रतिबेदन कैलास मार्ग निर्माण समितिका संयोजक पुर्णप्रसाद आचार्य, बहुमुखि धारा निमार्ण समितिको प्रतिबेदन बहुमुखि धारा निमार्ण समितिका संयोजक शोदे बिष्टले प्रतिबेदन गरेबम थिए । ऊँ केदारेश्वर धाम(ट्रष्ट)का अध्यक्ष लिलाधर शर्माको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अथिति व्यवस्थापिका संसद सदस्य श्यामप्रसाद ढकाल, बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्का, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्रकुमार थापा, स्रोत केन्द्र ककौराका स्रोत व्यक्ति भेषराज गैरे, नेराउमाबिका प्राचार्य निराजन चापागाँई, बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, दानदाता, बिभिन्न निमार्ण उपसमितिका संयोजक कार्यसमितिका सदस्य, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
0 comments
Write Down Your Responses