बर्दियामा आर्थिक सामाजिक रुपान्तरणमा जोड


फागुन २६ । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले देशमा आर्थिक, सामाजिक रुपान्तरणका लागि नयाँ सोच र शक्तिको आवश्यकता रहेको बताएका छन् ।

नयाँ शक्ति नेपाल, बर्दियाको प्रथम जिल्ला भेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनीहरुले देशमा आमूल परिवर्तनका लागि सबै राजनीतिक दलहरु एकढिक्का भएर अगाडि बढ्नु पर्ने बताए ।

नेपाली काँग्रेस बर्दियाका जिल्ला सदस्य कैलाश अधिकारीले देशमा आर्थिक समृद्धिका लागि नयाँ सोचको आवश्यकता रहेको बताए । उनले पार्टीहरुबीच फुट्दै जाने परम्पराले देशको विकास हुन नसकेको भन्दै एकताबद्ध भएर अडाडि बढ्नु पर्ने कुरामा जोड दिए ।

नेकपा ९माले० बर्दियाका तिर्थबहादुर चन्दले मुलुकमा आर्थिक क्रान्तिका लागि नयाँ सोच र चिन्तनको आवश्यकता रहेको बताए ।

राप्रपाका मेघनाथ अधिकारीले राष्ट्रिय अखण्डता, मानव अधिकार र सामाजिक रुपान्तरणका लागि राजनीतक दलहरु क्रियाशिल हुनु पर्ने बताए ।

 नयाँ शक्ति नेपाल बर्दियाका संयोजक केशवराज पौडेलले देश बनाउने जिम्मेवारी कुनै एक पार्टी र नेतृत्वको जिम्मेवारी नभएर सबैको दायित्वको बिषय भएको बताए । उनले भने –‘यसका लागि सबैले सकारात्मक सोच राख्न सक्नु पर्दछ ।’

देशमा राजनीतिक संस्कार र राज्यसत्ता संचालन प्रक्रियालाई परिबर्तन गर्न तथा जनतालाई परिबर्तनको महशुस गराउनका लागि नयाँ शक्तिको खाँचो रहेको संयोजक पौडेलको भनाई थियो ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News