स्वास्थ्य सम्बन्धी बिषयगत चेतना कार्यक्रम सम्पन्न
फाल्गुन २८
बर्दियाको जनता उच्च माबि रम्भापुरमा आज स्वास्थ्य सम्बन्धी बिषयगत चेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेको आयोजनामा भएको हो ।
बर्दियाको जनता उच्च माबि रम्भापुरमा आज स्वास्थ्य सम्बन्धी बिषयगत चेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेको आयोजनामा भएको हो ।
कार्यक्रमको पहिलो चरणमा जनता उच्च माबिका करिव २ सय जना बिद्यार्थीहरुलाई लागु पदार्थ दुर्बेशनि सम्बन्धी जनचेतना मुलक जानकारी दिईएको थियो भने दोस्रो चरणमा बिद्यालयका अबिभावकहरुलाई क्यान्सर रोग र हालै थारु समुदायका ब्यक्तिहरुमा देखिएको बंशसाणुगत रोग सिक्कल सेल एनिमियाका बारेमा जानकारी दिईएईको थियो ।
आयोजक संस्थाकी लता शर्माले कार्यक्रमको उदेश्यबारे जानकारी दिनु भएको कार्यक्रममा प्रशिक्षक डा. आमोद शर्माले सहजिकरण गर्नुभएको जनता उच्च माबिका शिक्षक मानबहादुर बिश्वकर्माले जानकारी दिनु भयो ।
साथै सोही संस्थाले भोली १ दिन रमापुर क्षेत्रका समुदायहरुको लागी १ दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने जनाएको छ ।
0 comments
Write Down Your Responses