हात्तिपाईले रोग निवारण अभियान सम्पन्न गर्न गोष्ठी कार्यक्रम

हात्तिपाईले रोग निवारण अभियान सम्पन्न गर्न गोष्ठी कार्यक्रम 
फाल्गुन २८
क्षितिज पौडेल,बाँसगढी
शनिबार देखि सुरु हुने ५ औ चरणको हात्तिपाईले रोग निवारण अभियान सुसम्पन्न गर्नका लागी शुक्रबार एक दिने गोष्ठी कार्यक्रम डेउडाकला स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । 

कार्यक्रममा हात्तिपाईले रोग निवारण अभियान कसरी सम्पन्न गर्ने भन्ने बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी ईन्चार्ज डिल्लीराज शर्माले हात्तिपाईले रोग निवारण र यसका लक्षणहरुको बारेमा जानकारी गराउनु भयो ।


 उहाले नेपालमा ६१ जिल्लाहरुमा हात्तिपाईले रोगको जोखिम रहेको र सोही जोखिम जिल्लाहरुमा बर्दिया जिल्ला पनि पर्ने बताउनु भयो । कार्यक्रमको प्रमुख अथिति रहनु भएका व्यवस्थापिका संसद सदस्य निर्मल प्रकास सुबेदीले बिशेष काम सम्पन्न गर्नका लागी अभियान सञ्चालन हुने भएकाले यो मानव घातक रोग अन्त्यको लागी पनि अभियान सञ्चालन भईरहेको बताउनु भयो । 


उहाले अभियानलाई सफल पार्नका लागी आफुले पुर्ण रुपमा सहयोगको लागी लागिपर्ने बताउनु भयो । शनिबार देखि सुरु हुने ५ औँ चरणको हात्तिपाईले रोग निवारण अभियान भोली पुरानै खोप केन्द्रहरुमा र त्यस पस्चात घरदैलो कार्यक्रम सञ्चालन गरिने छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभागले नेपाल र बिश्वबाट सन २०२० सम्ममा हातिपाईले(फाईलेरिया) रोग निवारण गर्ने लक्ष्य राखेको छ ।कार्यक्रम नेपाल सरकार बाट मनोनित डेउढाकला स्वास्थ्य चौकी अध्यक्ष तुल प्रसाद गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News