बर्दिया जिल्लालाई नेपालकै पहिलो सहकारी नमुना जिल्ला घोषणा फोटो सहित


क्षितिज पौडेल ,बर्दिया
फाल्गुन २८
साना किसान कृषि सहकारी संस्था लि हरुको सेवाले बर्दिया जिल्लामा रहेका सबै क्षेत्रलाई समेटेर लान सफल भएको प्रधानमन्त्रि केपी शर्मा वली ले बताउनु भयो ।

 बर्दिया जिल्लालाई नेपालकै पहिलो नमुना जिल्ला घोषणा गर्न पाउदा सारै नै खुसि भएको समेत बताउनु भयो । बर्दियाको राजापुरमा आज नेपालकै पहिलो नमुना जिल्ला घोषणा तथा व्यवस्थापन हस्तान्तरण समारोहमा मौषमका कारण आफु उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सभालाइ सम्बोधन गर्दै प्रधान मन्त्रि वलीले यस्तो कुरा बताउनु भएको हो । 

उहाले बर्दिया जिल्ला लाइ नेपालको पहिलो नमुना जिल्ला घोसणा गर्दै ७० प्रतिशत भन्दा बढी कृषक सहकारीमा निर्भर रहेकोले नेपाललाई आर्थिक र समृद्धि बनाउन सहकारि मार्फत अगाढी बढेको ले बर्दियाका सहकारी हरुलाइ धन्याबाद ज्ञापन गर्नू भयो ।  

कार्यक्रममा प्रधान मन्त्रि वलीले टेलिफोनमा करिव ४ मिनेट भन्दा बढि सम्म सम्बोधन गर्नुभएको थियो । उहाँले  गरिबि निरावण र बिकास आफ्नो लक्ष्य रहेको बताउदै सामाजिक सद्भाब , राष्ट्रीय एकता र नयाँ नेपाल निर्माण कार्यमा आफू बिस्वस्त रहेको बताउनु भयो  ।

 कार्यक्रममा जिल्ला भरी कै सानाकिसान कृषि सहकारीहरुको प्रगति प्रतिबेदन नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य पुर्ण शर्माले प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा पुर्व ईजरायलि राजदुत हनान गोड्र, व्यवस्थापिका संसद सदस्यहरु निर्मल सुवेदी, श्यामप्रसाद ढकाल, लिला राना, मानबहादुर थारु,बर्दिया जिल्ला प्रमुख सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, बिभिन्न्न राजनितिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । 



कार्यक्रम सानाकिसान कृषि सहकारी संघ बर्दियाका अध्यक्ष डिल्लीराम जैसिका अध्यक्षतामा भएको थियो । कार्यक्रममा दश हजार भन्दा बढि मानिस हरु उपस्थित भएका थिए ।

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News