चेपाङमा १ दिने शिबिर सम्पन्न
प्रकासन मिति ,फल्गुन २८
बाँसगढी नगरपालीका १ चेपाङमा सनिबार १ दिने शिबिर सम्पन्न भएको छ । बाँसगढी नगरपालीका कार्यालयले मासिक १ पटक बबैई चेपाङमा वडा इकाई कार्यालयको रुपमा दैनिक कार्य सञ्चालन सेवा लगायतका कार्य सञ्चालन गर्ने निर्णय अनुसार एक दिने शिबिर सञ्चालन गरिएको हो ।
शिबिरमा नगरपालिकाबाट दैनिक रुपमा हुने नागरिकताको सिफारिस, जन्मदर्ता, बिभाहदर्ता, अन्य सिफारिस लगायतका गरी ६० जनाले दैनिक कार्य सञ्चालन सेवा लिएका छन । त्यस्तै चौमासिक समाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिकहरुको लागी दिईने औषधी उपचार खर्च र ५ बर्ष मुनिका दलित बालबालिकालाई पोषण भत्ता गरी करिब २ लाख २५ हजार रकम बितरण गरिएको छ । शिबिरमा सयौ बत्ती सम्बन्धी अभिमुखिकरण गरिनुका साथै बाँसगढी नगरपालीका बाट यस आर्थिक बर्षमा सञ्चालन हुने कार्यक्रम र योजनाहरुको प्राबिधीक सहित अबलोकन तथा निरिक्षण, १४ ओटा नयाँ निर्मत भवनहरुको लगत संकलन गरिएको बाँसगढी नगरपालीका खरिदार शेरबहादुर केसील जानकारी दिनुभयो । चेपाङको लक्ष्म माबिको प्राङगनमा भएको शिवरमा बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्काको नेतृत्वमा नगरपालीका कार्यालयका कर्मचारीहरुले सेवा दिएका थिए ।
0 comments
Write Down Your Responses