बर्दियाको सानोश्री ताराताल नगरपालिकालाई साक्षर नगरपालिका घोषणा ।

बिनोद चन्द सानोश्री बर्दिया 
प्रकासन मिति फागुन ३०गते,

जिल्ला शिक्षा अधिकारी एबम प्रमुख आतिथी जित ब. शाहले यस नगर क्षेत्र भित्र १५ वर्ष देखी, ६० वर्ष उमेर समूहका युवा महिला तथा पुरुषहरुको साक्षरता प्रतिशत ९९.५५ प्रतिशत रहेको हुदा साक्षर नगरपालिका घोषणा गरिएको भन्दै अब यस क्षेत्र उन्तकिो बाटोमा लाग्नका लागी  यो घोषणा बास्तबमा पुर्ण कार्यन्वयन हुनेमा आफु आशाबादी रहेको बताउनु भयो ।



कार्यक्रममा विशिष्ट अतिथि एवम् पूर्व सासंद खगराज शर्माले स.साना बाबुनानिहरुले साक्षर बुबाआमा बनाउन खेलेको भुमिका जिबन्त रहने भन्दै सदैब यस्ता कार्यमा लाग्न बिधार्थी लाई आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाली काग्रेस पार्टी नगर कमिटी समिति टेक ब. वली, नेकपा एमाले नगर कमिटि अध्यक्ष दुर्गा रिमाल, एनेकपा माओवादी नगर इन्चार्ज गणेश ब. क्षेत्री, जिल्ला शिक्षा कार्यालय बर्दियाका विद्यालय निरिक्षक पुण्य प्रसाद न्यौपाने, सानोश्री श्रोतकेन्द्रका श्रोत व्यक्ति मदन ज्ञवाली, उद्योग बाणिज्य संघ सानोश्री तारातालका अध्यक्ष देवेन्द्र तिमिल्सेना गुरासँ बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष टंक वली, समाजसेवी कुल प्रसाद पोख्रेल, जीवन मल्ल, , प्रेम ब. गुरुङ्, शिवदक्त लामिछाने, नगरस्तरिय अंतरपार्टी महिला संजाल अध्यक्ष मनु भण्डारी, सामाजिक मेलमिलाप केन्द्र की संयोजक निर्मला गौतम, साथै अन्य बुद्धिजिवी, विभिन्न विद्यालयका प्रधानाध्यापक समाजसेवी, राजनितिक दलका प्रतिनिधीको उपस्थिति रहेको थियो ।



, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News