बर्तमान बदलिदो परिस्थिति अनुसार संचारकर्मीहरुले पनि आफ्नो क्षमता अभिबृद्धि गर्नु पर्ने:झलक गैरे


बर्दियाको गुलरियामा बर्तमान बदलिदो परिस्थिति अनुसार संचारकर्मीहरुले पनि आफ्नो क्षमता अभिबृद्धि गर्नु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक को जोड
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक झलक गैरेले बर्तमान बदलिदो परिस्थिति अनुसार संचारकर्मीहरुले पनि आफ्नो क्षमता अभिबृद्धि गर्नु पर्ने बताउनु भउको छ । नेपाल पत्रकार महासंघ बर्दियाको आज गुलरियामा सम्पन्न साधारण सभामा बोल्दै उहाले क्षमता अभिवृद्धिबीना अहिलेको संचार क्षेत्रलाई हाँकेर अगाडि बढ्न नसकिने बताउनु भयो ।
 
पत्रकारिताको विकास विना समाजको विकास हुन नसक्ने बताउँदै संयोजक गैरेले समाजको विकास गर्नका लागि पनि पत्रकारिताको विकास गर्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले राज्यका हरेक निकायमा सुशासन कायम गराउनका लागि संचाारकर्मी र संचारमाध्यमहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।


समाचार संप्रेषण गर्दा संवेदनशीलतालाई ध्यान दिनु पर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी थापाले समाजमा रहेका सकारात्मक कुराहरुको प्रचार–प्रसारमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका कैलाश अधिकारी, एमालेका हरी ज्ञवाली, एमाओवादीका तिलक शर्मा, राप्रपाका भिमबहादुर थापा, राप्रपा नेपालका गिता बस्नेत, परिवार दलका शुशिल लामिछाने, बर्दिया नागरिक समाज संजालका बालकृष्ण ओली, गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपाने, पत्रकार महासंघका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धिताल, गैससका अध्यक्ष विष्णु तिमिल्सिना, गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष अमरबहादुर खड्का लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।


बक्ताहरुले  संचारकर्मीहरुले जहिले पनि सत्यतथ्य समाचार सम्प्रेषण गर्नु पर्ने, समाचार संप्रेषणमा सानोठूलो भनेर भेदभाव गर्न नहुने लगायतका कुराहरुमा जोड दिएका थिए । साथै उनीहरुले विकास निर्माण लगायत विभिन्न क्षेत्रमा संचारमाध्यम र संचाकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको बन्द सत्रमा महासंघका शाखा सचिव यादव आचार्यले संगठनात्मक प्रतिबेदन प्रस्तुत गरेका थिए । भने अध्यक्ष शर्माले कोषाध्यक्षको अनुउपस्थितिमा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News